सिरहा । सिरहाको गोलबजार नगरपालिकालाई प्राप्त भएको बजेट समयमै खर्च गर्न पूर्वमन्त्री एवं संघीय सांसद तथा नेकपा एमालेका मधेश प्रदेश इन्चार्ज लिलानाथ श्रेष्ठले आग्रह गरेका छन् ।
गोलबजार नगरपालिकाको १३औं नगरसभाको आज उद्घाटन गर्दै पूर्वमन्त्री श्रेष्ठले संघ, प्रदेश लगायतबाट आउने बजेटको समुचित उपयोग गर्नुपर्ने बताएका छन् । उनले नागरिकको आवश्यकता अनुसार बजेट विनियोजन र खर्च गर्नुपर्ने भन्दै पूर्वमन्त्री श्रेष्ठले कृषि उपजलाई पहिलो प्राथमिकता दिदै बजेट विनियोजन गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । कृषि उपजलाई वढाउन सिंचाईको सुविधा थप्नुपर्ने भन्दै पूर्वमन्त्री श्रेष्ठले नागरिकको आधारभूत आवश्यकताको रुपमा खानेपानीको बन्दोबस्तीमा पनि पालिकाले विशेष ध्यान दिनुपर्ने बताएका छन् ।
मधेश प्रदेशको शिक्षाको स्तर निकै कमजोर भएपनि गोलबजार नगरक्षेत्रलाई शिक्षा आर्जनको हब बनाउनु पर्ने, स्वास्थ्यको हब बनाउनु पर्ने बताएका छन् ।
यस्तै १३औं नगरसभामा गोलबजार नगरपालिकाका उपप्रमुख मान्ती साहले अगामी आर्थिक वर्ष २०८२÷०८३ मा खर्च गर्ने गरी ८१ करोड ८९ लाख ८९ हजार विनियोजन गरेको प्रस्तुत गरेकी छिन् । गोलबजार नगरपालिकाका मेयर श्याम श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको नगरसभाको उद्घाटन शत्रमा प्रदेश सांसद मनोज सिंह, विभन्न राजनीतिक दलका प्रतिनिधि, नगरसभाका सदस्यहरुको सहभागिता रहेको थियो । उद्दघाटन सत्र समापन कार्यक्रममा मेयर श्याम श्रेष्ठले विभिन्न क्षेत्रबाट प्राप्त सुझावलाई समेट्न प्रयत्न गर्ने बताएका छन् ।
जिल्लाका १७ मध्ये १६ स्थानीय तहको सभा
सिरहा जिल्लाका १७ स्थानीय तह रहेको छ । ८ नगरपालिका र ९ गाउँपालिका रहेको सिरहा जिल्लामा १६ वटा स्थानीय तहले नगरसभा सम्पन्न गरेको छ ।
कर्जन्हा नगरपालिका, मिर्चैया नगरपालिका, कल्याणपुर नगरपालिका, गोलबजार नगरपालिका, धनगढीमाई नगरपालिका, लहान नगरपालिका, सुखीपुर नगरपालिका, सखुवानन्कारकट्टी गाउँपालिका, भगवानपुर गाउँपालिका, लक्ष्मीपुर पतारी गाउँपालिका, नवराजपुर गाउँपालिका, बरियारपट्टी गाउँपालिका, औरही गाउँपालिका, अर्नमा गाउँपालिका, विष्णुपुर गाउँपालिका, नरहा गाउँपालिकाले नगरसभा सम्पन्न गरेको छ ।
यता सिरहा नगरपालिकाले आफ्नो निर्धारित असार १० गतेभित्र नगरसभा गर्न असफल भएको छ । सिरहा नगरपालिकाले नगरसभा कहिले गर्ने अझैं टुंगो लागेको छैन् । नगरसभाको विषयमा आन्तरीक रुपमा छलफल भएपनि मिति यकिन हुन नसकेको नगरपालिकाले जनाएको छ ।
कुन स्थानीय तहको बजेट कति ?
लहान नगरपालिका : १ अर्ब ६७ करोड ९५ लाख २८ हजार ६०१ रुपैयाँ
गोलबजार नगरपालिका : ८१ करोड ८९ लाख ८९ हजार रुपैयाँ
मिर्चैया नगरपालिका : ७० करोड ११ लाख ७९ हजार ८४३ रुपैयाँ
कर्जन्हा नगरपालिका : ४२ करोड ९१ लाख ११ हजार २७१ रुपैयाँ
धनगढीमाई नगरपालिका : ६८ करोड ९ लाख ७४ हजार ८६६ रुपैयाँ
सुखीपुर नगरपालिका : ६२ करोड ८६ लाख ९ हजार २२६ रुपैयाँ
कल्याणपुर नगरपालिका : ५८ करोड ३१ लाख ३३ हजार ५०३ रुपैयाँ
औरही गाउँपालिका : ४० करोड ८३ लाख ९ हजार १५ रुपैयाँ
अर्नमा गाउँपालिका : ४९ करोड ९६ लाख रुपैयाँ
नवराजपुर गाउँपालिका : ४३ करोड ८६ लाख ७५ हजार २०० रुपैयाँ
भगवानपुर गाउँपालिका : ४८ करोड ४४ लाख ३१ हजार ९४७ रुपैयाँ
लक्ष्मीपुर पतारी गाउँपालिका : ४३ करोड ३४ लाख ५१ हजार रुपैयाँ
विष्णुपुर गाउँपालिका : ४३ करोड ९४ लाख ५१ हजार २५१ रुपैयाँ
सखुवानन्कारकट्टी गाउँपालिका : ३७ करोड ४० लाख ४ हजार ३०२ रुपैयाँ
नरहा गाउँपालिका : ३८ करोड ८६ लाख ९५ हजार रुपैयाँ
बरियारपट्टी गाउँपालिका : ४५ करोड ६८ लाख ८१ हजार ९१८ रुपैयाँ