सिरहा । बुद्धिजीबि परीषद सिरहाको सातौ अधिबेसनबाट भैरब गेलालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । त्यसैगरी उपाध्यक्षमा राम बाबु यादब , सचिबमा भानु गौतम, स सचिबमा प्रेम लामा र हेम शंकर यादब कोषध्यक्षमा ध्यानी यादब लगायतको कार्यसमिति सर्ब सहमतिबाट चयन भएको बुद्धिजीबि परिषद केनिद्रय सदस्य राजकुमार मल्लले जानकारी दिनु भयो ।
परिषदको धनगढीमाई नगरपालिका स्थित बाटिका टुरिजममा शनिबार सम्पन्न भएको अधिबेसनको प्रमुख अतिथि नेपाल बुद्धिजीबि परिषदका केन्द्रिय उपाध्यक्ष कमानन्द देब र बिशिष्ट नेकपा एमाले स्थायी कमिटि सदस्य एबं मधेश प्रदेश ईनचार्ज लीलानाथ श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रममा नेकपा एमाले सिरहा क्षेत्र नंम्बर एकका सांसद राम शंकर यादब , त्यसैगरी नेकपा एमालेका केन्द्रिय सदस्य एबं सिरहा क्षेत्र नंम्बर एकका सांसद गंगा यादब , नकेपा एमाले सिरहाका कार्यबाहक अध्यक्ष नबिन यादब , उप सचिब शिब शंकर महतो , बुद्धिजीबि परिषदका केन्द्रिय सचिब एबं मधेश प्रदेश ईनचार्ज अर्जुन सिंह लगायतले बुद्धिजीबि परिषदको सातौं अधिबेसनको सफलताको शुभकामना मतब्य ब्यक्त गर्नु भयो ।
कार्यक्रममा बोल्ने सबै बक्ताहरुले पार्टीका २३ वटै जनसंगठनका जिल्ला देखि वडा ईकाई टोल कमिटिको समेत अधिबेसन सम्पन्नगरी पार्टीलाई एकताबद्ध गरेर अगाडी लैजानु पर्नेमा जोड दिएका छन् । पार्टि भित्र देखिएका अन्तरद्धन्द्ध हटाएर पार्टिलाई एकताबद्ध रुपमा अगाडी बढाई मिसन ०८४ मा केन्द्रित हुनु पर्ने सबै बक्तहरुको भनाई थियो । पार्टिलाई आगामी निर्बाचनमा दुई तिहाई बहुमतको सरकार बनाउने गरी संगठन निर्माणमा लाग्नु पर्नेमा नेताहरुले जोड दिएका छन् ।
कार्यक्रमका बिशिष्ट अतिथि लिलानाथ श्रेष्ठले सरकारले जनताका पक्षमा काम गर्नु ऐन नियम बाधक रहेकाले बर्तमान सरकारले बिधेयक ल्याएको बताउनु भयो । सरकारले जनताका समस्या सम्बोधन गर्न र सेवा प्रबाहलाई चुस्त बनाउन अत्यादेश ल्याएपनि राजनीतिक दलहरुले त्यसमा साथ नदिनु दुखद भएको श्रेष्ठले बताउनु भयो ।
श्रेष्ठल देशभर रहेका ४ लाख भूमिहिन र ६ लाख अब्यबस्थित बसोबासीलाई जग्गा प्रदान गर्ने गरी भूमि सम्बन्धि अत्यादेश ल्याए पनि मधेशबादी दलले सहयोग नगरेकोमा आक्रोस ब्यक्त गर्नु भयो । पटक पटक भूमि आयोग गठन हुने तर भूमिहिन सुकुम्बासीको समस्या जस्ताको तस्तै अबस्थाको अन्त्य गर्न सरकारले बिधेयक ल्याएको भन्दै उहाँले सरकार ले ल्याएको बिधेयकको बचाउन गर्नु भयो ।