सिरहा । हराएको सुनको सिक्री खोजेर सिरहा प्रहरीले सम्बन्धित धनीलाई फिर्ता गरेको छ।
फागुन १४ गते (बिहीबार) झापा शनिचरे नगरपालिका- २ बस्ने विपतिया मल्लिक (डोम) कि छोरी २० वर्षीया खुशीको सुनको सिक्री सिरहामा हराएको थियो।
सिरहा नगरपालिका- ७ स्थित प्रादेसिक अस्पतालमा गएकाे बेला आफ्नाे सिक्री हराएपछि खुसीले प्रहरीलाई खबर गरेकी थिए।
खबरपछि पुगेको प्रहरीले खोजतलास गर्दा फेला परेको सिक्री सम्बन्धित धनिलाई बुझाएको हो।