Siraha Khabar
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Siraha khabar, siraha post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

सुजमावि औरहीमा चौबिस कोठे भवनको शिल्यानास

क्याम्पस स्थापनार्थ भौतिक निर्माणमा जुटेको छु : गापा अध्यक्ष शिवजी


सुजमावि औरहीमा चौबिस कोठे भवनको शिल्यानास

सिरहा । भवन निर्माण कार्यको शिल्यानास गर्दै सिरहाको औरही गाउँपालिका अध्यक्ष शिवजी यादवले विद्यालयलाई क्याम्पसमा रुपान्तरण गर्ने लक्ष्य लिएर भौतिक निर्माणमा जुटेको बताएका छन् ।

त्यहाँको सुन्दर जनता माध्यमिक विद्यालयको प्राङ्गणमा २४ कोठे ३ तल्ले भवन निर्माणको शिल्यानास कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष यादवले त्यस्तो कुरा बताएका हुन् ।
विद्यालय व्यवस्थापन समितिको अधिकतर माग पुरा गर्दै अघि बढ्दै गएको हुनाले विद्यालयको चौतर्फी विकास हुन थालेको उनले दाबी गर्दै आउने दिनमा पनि पालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
व्यवस्थित छात्राबास भवन निर्माणका लागि डिपियार तयार गराएर आवश्यक बजेटको बन्दोवस्तीमा जुटेको उनले थपे । उनका अनुसार छात्राबास भवन निर्माणका लागि पनि पालिकाले सक्दो बजेट व्यवस्थापन गर्ने र बाँकी बजेटको सुनिश्चिता भए लगतै भवन निर्माण कार्य अघि बढ्ने छन् ।

औरहीमा क्याम्पस स्थानार्थ विष्णु महायज्ञ गर्ने पालिका अध्यक्ष यादवले दाबी गरेका छन् । यज्ञबाट बचत गरेर प्राप्त आम्दानी क्याम्पस स्थापनामा लगाउनुका साथै थप रकम जुटाउन चन्दा अभियान समेत चलाउने उनले बताए ।
शैक्षिक क्षेत्रको चौतर्फी विकासका लागि प्राप्त हुने उचित सुझावलाई महत्वका साथ अध्ययन गरेर व्यवहारमा लागु गर्ने उनले प्रतिबद्धता जनाए । कुनै पनि विकास कार्यमा राजनीति नगर्न सबैमा उनले आग्रह गरे । चुनावमा वाहेक विकास कुरामा राजनीतिक गरियो भने समाज पछि पर्ने उनको दाबी छ । विकासका लागि सबैले हातेमालो गर्नुपर्ने खाँचो रहेको कुरा उनले औल्याए ।
मागे अनुसारको सुविधा प्राप्त भइरहेपनि त्यस अनुरुप शैक्षिक सुधार भइनरहेको हुँदा त्यसतिर पहलकमी लिने औरही गाउँपालिकाकी उपाध्यक्ष रेणु कुमारी यादवले बताइन् । पछिल्लो समयमा विद्यार्थीहरुमा देखा परेको निराशा र शिक्षा क्षेत्रमा पर्न थालेको नाकारात्मक असरबारे सबैले गम्भीर हुनैपर्ने उनले बताए ।

शैक्षिक क्षेत्रको सुधार, विकास र व्यवस्थापनका लागि सहयोग गर्न औरही गाउँपालिका सदैव तयार रहेको उनले प्रतिबद्धता जनाए । आउने दिनमा छात्रा शिक्षामा विषेश जोड दिने भएको हुँदा त्यस कार्यमा उचित सहयोगका लागि तयार रह्न सबैससँग उनले आग्रह गरेका छन् ।
संघ सरकारको वित्तिय समानीकरण अनुदान बजेट र आधा पालिकाको लगानीमा भवन निर्माण हुन लागेको औरही गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत उदित्य कुमार कर्णले बताए । आउदो २०८४ मा सक्ने निर्माण कार्य अघि बढाएको उनले जनाए ।
खुल्ला प्रतिस्पर्धाबाट एसएमटी बीएम जेभी काठमाण्डौंले ७ करोड ९४ लाख १८ हजार ८ सय ९० रुपैयाँ पैसा ७ मा ठेक्का स्वीकारेको औरही गाउँपालिकाका इन्जिनियर दिपेन्द्र कुमार यादवले बताए ।

भएको सम्झौता अनुसार २४ कोठे ३ तल्ले भवन, चिल्ड्रेन पार्क निर्माण गर्नुका साथै भलिवल र बास्केट बल खेल्न सहजताका लागि कोर्ट निर्माण समेत गरिने उनले जनाए । सम्पूर्ण निर्माण कार्यहरु आउने २०८४/३/२० मा सम्पन्न हुने सूचना बोर्डमा उल्लेख गरिएको छ ।
औरही गाउँपालिका वडा नं.५ का वडाध्यक्ष रामपृत यादवको अध्यक्षतामा भएको शिल्यानास कार्यक्रममा औरही गाउँपालिका वडा नं.३ का वडाध्यक्ष जीवछ यादव, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीदेव यादव लगायतले भवन निर्माणले शिक्षा क्षेत्रमा ल्याउने परिवर्तनबारे आ–आफ्ना विचार व्यक्त गरे । कार्यक्रममा सैकडौं व्यक्तिहरुको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सिरहा खबर

बद्री नारायण यादव

Related Posts

बजेट खर्च गर्न स्थानीय तहले जोड दिनुपर्छ : पूर्वमन्त्री लीलानाथ श्रेष्ठ

बजेट खर्च गर्न स्थानीय तहले जोड दिनुपर्छ : पूर्वमन्त्री लीलानाथ श्रेष्ठ

निजि विद्यालयको पाठ्यपुस्तक एकरुपताको निर्णयमा उच्च अदालतको रोक

निजि विद्यालयको पाठ्यपुस्तक एकरुपताको निर्णयमा उच्च अदालतको रोक

प्रधानमन्त्री ओली आज सिरहा आउँदै

प्रधानमन्त्री ओली आज सिरहा आउँदै

सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु

सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु

होलीका दिन मधेशमा ३१७ सवारीसाधन कारबाहीमा

होलीका दिन मधेशमा ३१७ सवारीसाधन कारबाहीमा

मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’

मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’

ताजा समाचार

बजेट खर्च गर्न स्थानीय तहले जोड दिनुपर्छ : पूर्वमन्त्री लीलानाथ श्रेष्ठ

बजेट खर्च गर्न स्थानीय तहले जोड दिनुपर्छ : पूर्वमन्त्री लीलानाथ श्रेष्ठ

निजि विद्यालयको पाठ्यपुस्तक एकरुपताको निर्णयमा उच्च अदालतको रोक

निजि विद्यालयको पाठ्यपुस्तक एकरुपताको निर्णयमा उच्च अदालतको रोक

प्रधानमन्त्री ओली आज सिरहा आउँदै

प्रधानमन्त्री ओली आज सिरहा आउँदै

सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु

सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु

होलीका दिन मधेशमा ३१७ सवारीसाधन कारबाहीमा

होलीका दिन मधेशमा ३१७ सवारीसाधन कारबाहीमा

मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’

मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’

© 2023 Siraha Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2023 Siraha Khabar