Siraha Khabar
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Siraha khabar, siraha post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

संरक्षणको पर्खाइमा नेपालको ‘छुक्छुके रेल’

नेपालमा भने लामो इतिहास बोकेका कोइलाबाट चल्ने इन्जिनहरु संरक्षणको अभावमा माटोमा बिलिन हुँदै गएको छ ।


संरक्षणको पर्खाइमा नेपालको ‘छुक्छुके रेल’

जनकपुरधाम । भारतीय सहयोगमै भएपनि जनकपुरमा नौ दशक अघि नै रेल सञ्चालन भइसकेको थियो । कोइला बालेर उत्पन्न हुने तापबाट सञ्चालन हुने त्यसबेलाको रेलको इन्जिन र बोगीहरु थन्क्याएर यतिबेला आधुनिक उपकरण जडित रेल चलाइँदैछ ।

तत्कालिन समयमा भारतमा शासन गरिरहेको अंग्रेज र नेपालको राणा शासकबीच नेपालबाट भारतका लागि सखुवाको काठ ढुवानी गर्न सञ्चालन गरिएको उक्त रेल पछि यात्रु ओसार्न प्रयोग हुन थाल्यो । सुरुमा कोइलाबाट चल्ने रेललाई समयानुकुल डिजेल इन्जिनमा रुपान्तरण गरियो तर न्यारोगेजमै । करिब आठ वर्ष सेवा बन्द गरी ब्रोडगेजमा रेल चल्न थालेको पनि दुई वर्ष बितिसक्यो ।

नेपालमा चलेको त्यो जमानाको रेलको चर्चा हुँदा भारतको दार्जिलिङ्गमा अहिले पनि चलिरहेको छुक्छुके रेल सम्झनामा आउँछ । खासगरी त्यो रेल यात्रु ओसार्न प्रयोग वा मालवाहक नभएपनि पर्यटकलाई लोभ्याउन सञ्चालनमा राखिएको हो । उक्त रेलको इन्जिनमुनि बलिरहेको कोइला र हावामा उडिरहेको धुवाँको मुस्लो हेर्दा धनुषाको खजुरीमा थन्क्याइएर राखिएको ९० वर्ष पुरानो रेललाई यसैगरी किन नचलाइएको होला भनि मनमा प्रश्न आउँछ ।

अत्याधुनिक सेवा सुविधासहितको नेपाल रेल्वे सेवा यतिबेला भंगहा–जनकपुरधाम –जयनगर सञ्चालमा छ । नेपालको एकमात्र रेल सेवा दोश्रो फेजमा न्यारोगेजबाट ब्रोडगेजमा परिणत भई सुचारु भएको अवस्थामा छ । तर, तत्कालिन समयमा जयनगर–जनकपुरधाम–बिजलपुरासम्म कोइलाको तापबाट चल्ने निकै दुर्लभ मानिएको बहुमूल्य स्टिम इन्जिनहरु भने अलपत्र छ । कोइलाबाट चल्ने यी रेललाई छुक्छुके रेल भनिन्थ्यो ।

विश्वका अन्य देशहरुमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न यस्ता ऐतिहासिक वस्तुहरुलाई जोगाउन सरकार अग्रसर भइरहेका हुन्छन् । दार्जिलिङ्गको त्यो कोइला रेल पनि यसकै उदाहरण हो । त्यहाँ अहिले पनि कोइलाबाट चल्ने इन्जिन टोइ टे«न नामक रेलसेवा सञ्चालन गरेर आन्तरिक तथा बाह्य पर्यटकहरुबाट राम्रै आम्दानी गरिरहेको बुझ्न सकिन्छ ।

नेपालमा भने लामो इतिहास बोकेका कोइलाबाट चल्ने इन्जिनहरु संरक्षणको अभावमा माटोमा बिलिन हुँदै गएको छ । इन्जिनहरु खुल्ला आकाशमुनि माटोले खाएर बिग्रिने मात्रै होइन । दिनदिनै बहुमुल्य पार्टपुर्जाहरु चोरी पनि भइरहेको छ । यसको संरक्षण र सम्बद्र्धन गर्न न स्थानीय तह न त प्रदेश र संघीय सरकारको चासो देखिन्छ ।

जनकनन्दनी गाउँपालिका ४ स्थित खजुरीमा अलपत्र अवस्थामा रहेको ती इन्जिनहरुसँगै कारखाना पनि खण्डहरमा परिणत हुँदै गएको छ । यहाँ रेलको कारखाना क्षेत्रभरीलाई घेराबेरा गर्न केही निर्माण कार्यको थालनी गरिएको देखिन्छ । त्यो पनि अधुरै छ ।

पर्यटकको आकर्षणसमेत रहेको ऐतिहासिक रेलका त्यो सीता–राम, गोरखनाथ, पशुपति, महावीर, चन्द्र, गुहेश्वरी नामकरण गरिएको ईन्जिन र बोगीहरुमा खिया लागेर माटोमा बिलिन हुँदै गएको छ । वि.सं. १९९४ सालमा तत्कालीन बेलायती शासकले महोत्तरी जंगलबाट सालको गोलिया काठ ओसार्न रेल सञ्चालन गरेको थियो । रेल महोत्तरीको बिजुलपुराबाट भारतको जयनगर ५२ किलोमिटर सञ्चालनमा रहेको थियो । केही वर्षपछि जनकपुर जयनगर मात्रै चल्न थालेको थियो ।

सरोकारवालाको बेवास्ताका कारण खजुरीमा रहेको रेलको मुख्य कारखाना खण्डहरमा र इन्जिनहरु खिया लागेर माटोमा बिलिन भइरहेको जनकनन्दनी गाउँपालिका ३ उदहाका विनोद मण्डल बताउँछन् । उनी भन्छन्, रेलका पुराना इन्जिनहरुलाई संग्रहालय बनाएर राखियो भने यो ठाउँ पर्यटकको लागि आकर्षणको केन्द्रमा परिणत हुन्छ नै साथै यी बहुमुल्य वस्तुको संरक्षण पनि हुने थियो ।

चार सिलिन्डरको कोइलाबाट चल्ने रेलका इन्जिनहरु विश्वमा अन्य कहीँ भेटिन्न । नेपालमा मात्र उपलब्ध रहेकोले पनि यी दुलर्भ चिजलाई संरक्षण गर्नुपर्ने मण्डलको भनाई छ ।

‘ऐतिहासिक सम्पदा ध्वस्त भइरहेको छ । यसलाई संरक्षण गर्नुपर्ने हो, जनकनन्दनी गाउँपालिका ४ खजुरीका ललित कामत बताउँछन् । स्टिम इन्जिन भएका रेलका यी इन्जिनहरु नेपालको पुरानो र धरोहर नै छ । जुन अहिले कवाडाको हिसाबमा राखिएको छ, उनी भन्छन्, यसलाई म्युजियम बनाएर राख्नुपर्ने हो । यसलाई संरक्षण गर्न स्थानीय, प्रदेश र संघ सरकारलाई पटक पटक हामीले ध्यानाकर्षण नै गरायौँ । तर यस विषयमा कोही गम्भिर छैनन् ।’

कामतले उक्त बहुमुल्य र ऐतिहासिक चिज आउने सन्ततिको लागि पनि राम्रो हुने बताए । चालु आर्थिक वर्षमै तत्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले खजुरीमा रहेको सो कारखानालाई स्थलगत निरिक्षण गरी संग्रहालय बनाउन पहल गरेको थियो । तर हालसम्म सो कार्य सुरु हुन सकेको छैन ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झा भन्छन्, ‘बजेटको अभावका कारण खजुरीस्थित उक्त कारखानालाई संग्राहलय बनाउन ढिलाई भएको हो ।’ ऐतिहासिक ती रेलका इन्जिनहरुको संरक्षण गर्न आफुले पनि व्यापक प्रयास गरिरहेको महाप्रबन्धक झाले बताए।

‘हामीले रेल सञ्चालनको काम मात्रै गर्छौ । निर्माणको कार्य रेल विभागले हेर्ने हो । यद्यपि हामीले खजुरीमा रेल संग्राहालय बनाउन प्रत्येक आर्थिक वर्षमा लिखित रुपमै आग्रह गर्ने गरेको छु, उहाँले भन्नुभयो, अर्थ मन्त्रालयबाट बजेट प्राप्त नभएपछि पुराना रेलका इन्जिनहरुमा खिया लाग्दैछ ।’

ऐतिहासिक रेलको कारखानालाई संग्रहालय बनाएर पुराना स्टिम इन्जिनहरुलाई संरक्षण गर्न गाउँपालिकाले डिपिआर गरेर रेल्वेलाई दिएपनि हालसम्म उक्त निर्माण कार्य सुरु नहुँदा जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिनदेव यादव चिन्तित छन् । उनी भन्छन्, ‘सिमित श्रोत साधन भएको हाम्रो पालिकाले संग्रहालय बनाउनको निम्ति डिपिआर बनाएर दिएँ । टेण्डर पनि आहवान भयो तर, निर्माण कार्य सुरु भएको छैन, उहाँले भन्नुभयो, रेल्वे संघ सरकारको मातहतमा रहेकोले यसमा उहाँहरु गम्भिर हुनुपर्ने हो ।’

उनले यहाँ रेल्वेको १० विघा भन्दा बढी जग्गा रहेको बताए । अध्यक्ष यादवले त्यो जग्गालाई सदुपयोग गरेर रेल्वेको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन पनि गर्न सकिने बताए ।

जनकनन्दनी गाउँपालिकाले आर्थिक वर्ष ०७७।०७८ मा संग्राहालय निर्माणको लागि गरिदिएको डिपिआर बमोजिम टेण्डर आहवान भएपनि सो को निर्माण कार्य अझै सुरु हुन सकेको छैन् । रासस

तपाईको प्रतिक्रिया

सिरहा खबर

अमरेन्द्रकुमार यादव

Related Posts

बजेट खर्च गर्न स्थानीय तहले जोड दिनुपर्छ : पूर्वमन्त्री लीलानाथ श्रेष्ठ

बजेट खर्च गर्न स्थानीय तहले जोड दिनुपर्छ : पूर्वमन्त्री लीलानाथ श्रेष्ठ

निजि विद्यालयको पाठ्यपुस्तक एकरुपताको निर्णयमा उच्च अदालतको रोक

निजि विद्यालयको पाठ्यपुस्तक एकरुपताको निर्णयमा उच्च अदालतको रोक

प्रधानमन्त्री ओली आज सिरहा आउँदै

प्रधानमन्त्री ओली आज सिरहा आउँदै

सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु

सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु

होलीका दिन मधेशमा ३१७ सवारीसाधन कारबाहीमा

होलीका दिन मधेशमा ३१७ सवारीसाधन कारबाहीमा

मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’

मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’

ताजा समाचार

बजेट खर्च गर्न स्थानीय तहले जोड दिनुपर्छ : पूर्वमन्त्री लीलानाथ श्रेष्ठ

बजेट खर्च गर्न स्थानीय तहले जोड दिनुपर्छ : पूर्वमन्त्री लीलानाथ श्रेष्ठ

निजि विद्यालयको पाठ्यपुस्तक एकरुपताको निर्णयमा उच्च अदालतको रोक

निजि विद्यालयको पाठ्यपुस्तक एकरुपताको निर्णयमा उच्च अदालतको रोक

प्रधानमन्त्री ओली आज सिरहा आउँदै

प्रधानमन्त्री ओली आज सिरहा आउँदै

सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु

सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु

होलीका दिन मधेशमा ३१७ सवारीसाधन कारबाहीमा

होलीका दिन मधेशमा ३१७ सवारीसाधन कारबाहीमा

मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’

मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’

© 2023 Siraha Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2023 Siraha Khabar