Siraha Khabar
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Siraha khabar, siraha post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

हुरीसँगै फैलिएको आगोले बस्ती सखाप

सप्तरीको चिमटीमा आगलागीले १ सय १० घरमा क्षति

हुरीसँगै फैलिएको आगोले बस्ती सखाप

चिमटी, सप्तरी । सप्तरीको महादेवा गाउँपालिका–१ चिमटीका चन्दर यादवले सोमबारमात्रै बुहारी भित्र्याएका थिए । मंगलबार दिउँसो छोराको बिहेभोजको माहोल थियो । पाहुनाले घर भरिभराउ थियो । अचानक छिमेकीको घरबाट आगो सल्केपछि सबै ज्यान जोगाउँदै भागे । घरसहित सरसामान जलिइरहँदा हेर्नुबाहेक केही गर्न सकेनन् ।

‘दिउँसो कोही खेतमा त कोही अन्यत्र गएका थिए, घरमा भएकाहरू पनि कोही सुतेका थिए, अचानक आगलागी भयो,’ आगलागीमा दुईवटा घर गुमाएका महादेवा–१ का सोमिन्दर सदाले भने, ‘तीव्र हावाका कारण अचानक बस्तीभरि आगो सल्केपछि ज्यान जोगाउन पनि मुस्किल पर्‍यो ।’ चिमटीमा मंगलबार आगलागीबाट ११० घर जलेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी ढुण्डीराज न्यौपानेका अनुसार स्थानीय शत्रुधन यादवको घरबाट सल्केको आगो हावाले बस्तीभरि फैलाएको थियो ।

‘अत्यधिक गर्मी र तीव्र हावाका कारण एकछिनमै दुई टोल खरानी भयो,’ महादेवा–१ का वडाध्यक्ष जयकिशोर दासले भने, ‘घरबाट कसैले पनि केही निकाल्न सकेनन् ।’ बस्तीको पश्चिम दक्षिण कुनाबाट सल्केको आगो पूर्वतर्फ रहेको अर्को बस्तीमा पनि सरेको थियो । आगलागीका कारण भने खुल्न सकेको छैन् । ‘वारुणयन्त्र आउँदासम्म बस्ती खरानी भइसकेको थियो,’ वडाध्यक्ष दासले भने ।

मंगलबार राति अबेरसम्म आगो पूर्ण रूपमा नियन्त्रणमा लिने काम जारी रहेकाले क्षतिको सबै विवरण यकिन गर्न नसकिएको उनले बताए । ‘प्रारम्भिक रूपमा ११० घर जलेको हामीले लगत संकलन गरेका छौं, अझै आगो निभाउने कार्यमै जुटेकाले पूर्ण विवरण संकलन गर्न सकिएको छैन,’ उनले भने । आगलागीमा यादव र मुसहर टोलका घर जलेर नष्ट भएका छन् ।

आगलागी नियन्त्रणका लागि स्थानीय बासिन्दासँगै सेना, सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए । उनले स्थानीय पालिका, रेडक्रस र प्रशासनको समन्वयमा पीडित परिवारलाई तत्कालीन व्यवस्थापन गर्ने प्रयास भइरहेको जानकारी दिए । गाउँपालिकाका अध्यक्ष सुनिलकुमार मण्डलले आगलागीबाट प्रभावित परिवारलाई राहतको प्रयास भइरहेको बताए ।

तपाईको प्रतिक्रिया

सिरहा खबर

सिरहा खबर

Related Posts

बजेट खर्च गर्न स्थानीय तहले जोड दिनुपर्छ : पूर्वमन्त्री लीलानाथ श्रेष्ठ

बजेट खर्च गर्न स्थानीय तहले जोड दिनुपर्छ : पूर्वमन्त्री लीलानाथ श्रेष्ठ

निजि विद्यालयको पाठ्यपुस्तक एकरुपताको निर्णयमा उच्च अदालतको रोक

निजि विद्यालयको पाठ्यपुस्तक एकरुपताको निर्णयमा उच्च अदालतको रोक

प्रधानमन्त्री ओली आज सिरहा आउँदै

प्रधानमन्त्री ओली आज सिरहा आउँदै

सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु

सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु

होलीका दिन मधेशमा ३१७ सवारीसाधन कारबाहीमा

होलीका दिन मधेशमा ३१७ सवारीसाधन कारबाहीमा

मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’

मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’

ताजा समाचार

© 2023 Siraha Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2023 Siraha Khabar