सिरहा । खेल सकिन केही सेकेन्ड बाँकी रहँदा पाएको फ्री–किक उतकृट गोलमा परिणत गर्दै बागमती युवा क्लब सर्लाही सेमिफाइनलमा प्रवेश गरेको छ । बागमतीले चात्या सा पुस्तकालय दमक, झापालाई पराजित गरेको हो ।
बागमतीको जितका लागि अन्तिम समयमा जर्सी नं १२ का खेलाडी अशोक सङ्त्याङले गोल गरेको थियो । यसअघि खेलको १० औँ मिनेटमा जर्सी नं ११ का कपिल मगरले पेनाल्टी एरियाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।
तर खेलको १९ औं मिनेटमा झापाका विदेशी खेलाडी ओस्कार ले बागमतीका गोलकिपरका गल्तीको फाइदा उठाउदै बराबरी गोल गरेको थियो । खेलको ६५ औँ मिनेटमा बागमतीका जर्सी नं ७ ले गरेको प्रहार गोल पोस्ट माथि बाट बाहिरिएको थियो ।
झापाका विदेशी खेलाडी ओस्करले खेलको ७२औँ मिनेटमा पाएको अवसर गुमायो । खेलको प्लेयर अफ दि म्याच विजेता टिम बागमती युवा क्लब सर्लाहीका अशोक सन्ताङ घोषित भए ।
बुधबारको फाल्गुन २३ गतेको खेल दुधौली स्पोर्ट्स क्लब सिन्धुली र सलहेश युवा क्लब सिरहा (निलो)बीच हुनेछ ।