सिरहा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हुलाकी राजमार्ग जोड्न कमला नदीको अलपत्र पक्की पुलको हेलिकप्टरवाटै निरिक्षण गर्दै सिरहा र धनुषा जोड्न नयाँ निर्माण सुरु गरिएको पक्की पुलको शिलान्यास गरेको छ ।
सिरहाको कल्याणपुर नगरपालिका ५ चिकनाघाट र धनुषाको सबैला नगरपालिका वडा नं ४ जोड्ने पक्की पुलको आज शिलान्यास गरेको हो ।
एक अर्ब ११ करोडभन्दा बढी लगानीमा निर्माण हुने यस पुलको लम्बाइ ६०० मिटर छ । डबल लेनको यस पुल निर्माणपछि दुई जिल्लाका जनतालाई आवतजावतमा सहयोग पुग्नेछ ।