सिरहा । परराष्ट्र सेवाको शाखा अधिकृत पदमा नाम निकाली गाउँपालिकाको शान बढाएको भन्दै सिरहा अर्नामा गाउँपालिकाका रोशन कुमार महरालाई गाउँपालिकाले एक कार्यक्रम बीच सम्मान गरेको छ । आईतबार उनलाई एक कार्यक्रमको आयोजना गरि गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगायतले सम्मान गरेको हो ।
महरा भर्खरै मात्रै परराष्ट्र सेवाको शाखा अधिकृत पदमा खुल्लातर्फ ३ नम्बरमा नाम निकालेका थिए । परराष्ट्रको शाखा अधिकृतको लिखित परीक्षामा खुल्ला र दलिततर्फ नाम निकालेका उनी अन्र्तवार्तापछि खुल्लातर्फको ३ नम्बरमा सिफारिस भएका थिए । महराले प्रशासनतर्फ पनि खुल्ला, मधेशी र दलित तीनवटैमा नाम निकालेका थिए ।
नवनियुक्त परराष्ट्र अधिकृत महरालाई गाँउपालिकाले खादा तथा सम्मान पत्र सहित सम्मान गरेको छ । सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष अशोक कुमार यादव, उपाध्यक्ष शोभा कुमारी साह, प्रमुख प्रशासकीय अधिकृत द्रोपती कुमारी यादव, शिक्षा शाखा प्रमुख नथुनी साह लगायतले बधाई ज्ञापन सहित आ–आफ्ना मन्तव्य राखेका थिए ।