Siraha Khabar
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Siraha khabar, siraha post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

विवादका विच सिरहा नगरस्तरीय फुटबलको उपाधी वडा नम्बर ९ को कब्जामा

राजा मेस्तर सर्वाधिक गोलकर्ता घोषित, प्लेयर अफ दि म्याच कामतीलाई


विवादका विच सिरहा नगरस्तरीय फुटबलको उपाधी वडा नम्बर ९ को कब्जामा

सिरहा । सदरमुकाम सिरहाको सूर्यनारायण सत्य नारायण मोरबैता यादब बहुमुखी क्याम्पसको खेल मैदानमा संचालित सिरहा नगरस्तरीय फुटबल प्रतियोगीताको प्रथम उपाधी सिरहा नगरपालिका वडा नम्बर ९ ठेंङ्गहीले हात पार्न सफल भएको छ ।

सिरहा नगरपालिका वडा नम्बर ७ राजा सलहेश टिमलाई शुन्यको विरुद्ध १ गोल गर्दै वडा नम्बर ९ ठेंङ्गहीले प्रथम उपाधी जित्न सफल भएको सल्हेश युवा क्लब सिरहाका अध्यक्ष राजीव यादवले बताए । प्रथम स्थान हासिल गर्ने टिमलाई मेडल सहित ५० हजार नगद र दोश्रो स्थानमा पर्ने टिमलाई मेडलसँगै २५ हजार नगद प्रदान गरिएको उनले जनाए ।

खेलको हाफ टाइम पछि वडा नम्बर ९ ठेंङ्गहीका अमोद कामतिले वडा नम्बर ७ राजा सलहेश टिम विरुद्ध १ गोल गर्न सफल भएको थियो । हाफ टाइम पछिको २२ औं मिनेटमा सहायक रेफ्री सुनिल यादवमाथि हातपात गरेको विषयमा विवाद भएपछि वडा नम्बर ९ ठेंङ्गहीका २ जना खेलाडीलाई रातो कार्ड दिए पछि खेलाडी बाहिर निस्किन नमाने पछि खेल केही बेर स्थगित भएको थियो । रेफ्रीले रातो कार्ड फिर्ता गरे मात्र खेल्ने अडान लिए पछि विवाद हुँदा खेलाडीहरु रुष्ट भएपछि खेल रोकिएको थियो । विवादलाई साम्य पार्दै सहज वातावरण बनाउन गरिएको प्रयास असफल भएपछि यथा स्थितिमा आयोजकले वडा नम्बर ९ ठेंङ्गही टिमलाई प्रथम उपाधीका लागि जित घोषणा गरे ।
प्रथम उपाधीका लागि जित घोषणा गरेपनि विवादले रुष्ट भएका दुबै तर्फबाट खेलाडीहरु मध्ये अधिकांशले मेडल र प्रमाण पत्र बुझ्न मञ्चमा गएन् । उपाधी लिन नाम घोषणा भइरहेकै अवस्थामा उनीहरु आ–आफ्नो घरतिर लागेका थिए ।
आयोजकको व्यवस्थापनको प्रभावले फाइनल खेल राम्रै भइरहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । प्रत्यक्षदर्शीका अनुसार खेल मैदानको चारैतिर दर्शकले घेरिएको थियो । दुबै टिमको उत्साहित खेल देखेर दर्शकहरु दंग परेको दाबी गरिएको छ ।
सिरहा नगरपालिकाको आर्थिक सहयोगमा सल्हेश युवा क्लबले संचालन गर्दै आएको सिरहा नगरस्तरीय फुटवल प्रतियोगीतामा सिरहा नगरपालिकाका विभिन्न वडाहरुले भाग लिएका थिए । पुष २१ देखि संचालित रहेको उक्त प्रतियोगीतामा सिरहा नगरपालिकाको २२ वटै वडामध्ये १६ वटा वडाका खेलाडीहरुले भाग लिएको आयोजकले बताए ।
उत्कृष्ट खेलाडी उत्पादन गर्न प्रेरित गर्छौ ः मेयर डा यादव
खेल जगतमा रुची राख्नेहरुलाई राम्रो र अनुशासित खेलाडी बन्न नगरपालिकाले सक्दो सहयोग गर्ने सिरहा नगरपालिकाका मेयर डा.नविन यादवले बताए । राम्रो र अनुशासित खेलाडी पहिचान गर्नका लागि नगरस्तरीय फुटबल प्रतियोगीता
गराइएको उनले प्रष्टाए ।
२२ वटै वडालाई लक्षित गरेर संचालन भएको नगरस्तरीय फुटबल प्रतियोगीताबाट राम्रो र अनुशासित खेलाडी पहिचान गरी छनौट गरेर आउने दिनमा हुने प्रदेश तथा राष्ट्रिय स्तरको खेलहरुमा सहभागी लिन अवसर प्रदान गर्ने उनले दाबी गरे ।
खेल कार्यमा लागेपछि व्यक्तिको पहिचानसँगै गाउँ, वडा, नगर, देशको पहिचान समेत चुटेको भन्दै उनले खेल कार्यमा लाग्न युवाहरुसँग आग्रह गरे ।
स्वास्थ्यको दृष्टिले पनि खेल व्यक्तिका लागि उत्तम भएको उनले प्रष्टाए । लागुऔषध तथा अन्य कुलतजन्य कार्यमा लाग्नु भन्दा खेल तथा अन्य रचनात्मक कार्यमा लाग्न उनले युवाहरुसँग आग्रह गरे । खेल तथा अन्य व्यक्ति लक्षित रचनात्मक कार्यतिर नगरपालिका केन्द्रित भएको उनको दाबी छ ।
उनले दाबी गरे अनुसार विकास, शिक्षा, खेल, कृषि, स्वास्थ्य तथा मानवीय जीवनमा आइपर्ने अन्य आवश्यक विषयलाई विषेश प्राथमिकतामा राखेर योजना निर्माण तथा त्यसको प्रभावकारी कार्यान्वयनमा ध्यान दिएर अघि बढ्ने उनले प्रतिबद्धता जनाए ।
नगर कार्यपालिकाले लिने हरेक नीतिलाई प्रशासनिक तवरबाट सहज, व्यवस्थित र त्यसको प्रभावकारी कार्यान्वयनमा सहयोगकारी भुमिका निर्वाह गर्न तयार रहेको प्रमुख प्रशासकिय अधिकृत बलिराम यादवले बताए । सिरहा नगरको चौतर्फी विकास हाम्रो साँझा उदेश्य रहेको उनले प्रष्ट पारे ।

Tags: सिरहासिरहा नगरपालिका नगरस्तरीय फुटबल प्रतियोगिता

तपाईको प्रतिक्रिया

सिरहा खबर

सिरहा खबर

Related Posts

निजि विद्यालयको पाठ्यपुस्तक एकरुपताको निर्णयमा उच्च अदालतको रोक

निजि विद्यालयको पाठ्यपुस्तक एकरुपताको निर्णयमा उच्च अदालतको रोक

प्रधानमन्त्री ओली आज सिरहा आउँदै

प्रधानमन्त्री ओली आज सिरहा आउँदै

सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु

सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु

होलीका दिन मधेशमा ३१७ सवारीसाधन कारबाहीमा

होलीका दिन मधेशमा ३१७ सवारीसाधन कारबाहीमा

मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’

मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’

सिरहामा होली सुरक्षा कडा, ५५९ प्रहरी परिचालन

सिरहामा होली सुरक्षा कडा, ५५९ प्रहरी परिचालन

ताजा समाचार

निजि विद्यालयको पाठ्यपुस्तक एकरुपताको निर्णयमा उच्च अदालतको रोक

निजि विद्यालयको पाठ्यपुस्तक एकरुपताको निर्णयमा उच्च अदालतको रोक

प्रधानमन्त्री ओली आज सिरहा आउँदै

प्रधानमन्त्री ओली आज सिरहा आउँदै

सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु

सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु

होलीका दिन मधेशमा ३१७ सवारीसाधन कारबाहीमा

होलीका दिन मधेशमा ३१७ सवारीसाधन कारबाहीमा

मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’

मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’

सिरहामा होली सुरक्षा कडा, ५५९ प्रहरी परिचालन

सिरहामा होली सुरक्षा कडा, ५५९ प्रहरी परिचालन

© 2023 Siraha Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2023 Siraha Khabar