Siraha Khabar
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Siraha khabar, siraha post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

मिटरब्याज पीडितलाई खुकुरी प्रहार प्रयास गर्ने सिंहविरुद्ध अभद्र व्यवहारको मुद्दा


सिरहामा मिटरब्याज पीडितमाथि खुकुरी प्रहारको प्रयास गरेको आरोपित पक्राउ

सिरहा । सिरहाको कल्याणपुर नगरपालिका–८ अरङका अनुचित लेनदेन (मिटरब्याज) पीडित युवकमाथि कुटपिट, दुव्र्यवहारसँगै खुकरी प्रहारको प्रयास गर्नेमाथि प्रहरीले अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरेको छ । अरङ गाउँका ३५ वर्षीय संजय कुमार कामतीको जाहेरीका आधारमा खुकुरी प्रहारको प्रयास गर्ने स्थानीय ६५ वर्षीय राम नारायण सिंह विरुद्ध बुधबार अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

घटनाको भोलिपल्ट मंगलबार प्रहरीले पक्राउ गरे पनि जाहेरी नपरेकाले हाजिरी जमानतमा छोडिएका सिंहलाई बुधबार पुनः पक्राउ गरी बिहीबार सिरहा जिल्ला अदालत सिरहाबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको उनले बताए ।
घर व्यवहारका लागि कल्याणपुर नगरपालिका–८ मझाउका मिटरब्याजी सुरेश पञ्जियारसँग २०७२ मा तीन लाख रुपैयाँ ऋण लिएका थिए । त्यस बापत सुरेशले आफ्नो भाइ दिनेश पंजियारको नाममा संजयको आमा पवित्री देवी कामत सँग ७ लाख ५० हजार र महेश पंजियारको नाममा ४ लाख ८० हजार गरी १२ लाख ३० हजार रुपैयाँको दुईवटा कपाली तमसुक बनाउनुका साथै सिरहा जिल्ला अदालतमा लेनदेन मुद्दाअन्तर्गत २०७८ मा डाक लिलाम गराएर ११ कित्ताको एक बिघा एक कट्ठा खेत, एक कट्ठा ६ धुर घडेरी र टिनको छाना भएको ११ कोठाको एकतले घर डाकलिलाम गरी हत्याइसकेका छन् । त्यसमध्येका घरघडेरी र १० कठ्ठा जग्गा सिंहले आफू कब्जा गर्न सक्ने भन्दै सुरेशबाट सस्तोमा किनेका छन् ।

आफू ऋण तिर्न तयार हुँदाहुँदै साहुकारले षड्यन्त्रपूर्वक आफ्नो जायजेथा हडपेको भन्दै पीडित कामतीले मिटरब्याजी सुरेश पजियारका भाइ दिनेश पजियार, महेश पजियार र राम नारायणमाथि जिल्ला प्रशासन कार्यालय सिरहामा अनुचित लेनदेन सम्बन्धी उजुरी गत वैशाखमै दर्ता गराएका थिए ।
एक वर्षदेखि सिंहले पीडित संजयको घर कब्जा गरेपछि उनीसहित उनको परिवार विस्थापित भएका छन् ।
षड्यन्त्रपूर्ण ढंगले आफ्नो घर घडेरी अर्कैलाई बेचेको थाहा पाएपछि गत सोमबार २३ पुसमा संजय उनका भाइ राजकिशोर र आमाबुवा सहित मिटरब्याजी विरुद्धको उजुरीको निक्र्योल नभएसम्म आफ्नै घरमा बस्छौँ भन्दै आफ्नो घर जान खोज्दा सिंहसहित उनका छोरा शैलेन्द्र सिंह र भतिज नितेश सिंहले कुटपिट गर्नुका साथै सिंहले यहीँ ढालिदिन्छु भन्दै खुकुरी प्रहारको प्रयास गरेका थिए । त्यतिवेला सिंहका भतिज नितेशले कम्मरमा कटुवा पेस्तोल देखाउँदै आफूमाथि कुटपिट गरेको पीडित संजयको भनाइ छ ।

Tags: मधेश प्रदेश

तपाईको प्रतिक्रिया

सिरहा खबर

सिरहा खबर

Related Posts

निजि विद्यालयको पाठ्यपुस्तक एकरुपताको निर्णयमा उच्च अदालतको रोक

निजि विद्यालयको पाठ्यपुस्तक एकरुपताको निर्णयमा उच्च अदालतको रोक

प्रधानमन्त्री ओली आज सिरहा आउँदै

प्रधानमन्त्री ओली आज सिरहा आउँदै

सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु

सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु

होलीका दिन मधेशमा ३१७ सवारीसाधन कारबाहीमा

होलीका दिन मधेशमा ३१७ सवारीसाधन कारबाहीमा

मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’

मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’

सिरहामा होली सुरक्षा कडा, ५५९ प्रहरी परिचालन

सिरहामा होली सुरक्षा कडा, ५५९ प्रहरी परिचालन

ताजा समाचार

निजि विद्यालयको पाठ्यपुस्तक एकरुपताको निर्णयमा उच्च अदालतको रोक

निजि विद्यालयको पाठ्यपुस्तक एकरुपताको निर्णयमा उच्च अदालतको रोक

प्रधानमन्त्री ओली आज सिरहा आउँदै

प्रधानमन्त्री ओली आज सिरहा आउँदै

सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु

सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु

होलीका दिन मधेशमा ३१७ सवारीसाधन कारबाहीमा

होलीका दिन मधेशमा ३१७ सवारीसाधन कारबाहीमा

मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’

मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’

सिरहामा होली सुरक्षा कडा, ५५९ प्रहरी परिचालन

सिरहामा होली सुरक्षा कडा, ५५९ प्रहरी परिचालन

© 2023 Siraha Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2023 Siraha Khabar