सिरहा । सिरहा नगरपालिकाको सहयोगमा सुरु भएको नगरस्तरीय फुटबल प्रतियोगितामा वडा नं. ३ मखनाहाले विजयी सुरुवात गरेको छ ।
“युवाको सम्मान, नगरको पहिचान, स्थानिय स्तरमा खेलाडी उत्पादन हाम्रो अभियान” भन्ने मूल नाराका साथ नगरस्तरीय फुटबल प्रतियोगिताको सिरहा नगरपालिकाकी उपमेयर बविता कुमारी साहले रेफ्रीलाई फुटबल हस्तान्तरण गरेर चौथो दिन मंगलवार खेलकाे उद्घाटन गरेका हुन् ।
सदरमुकाम सिरहाको सूर्यनारायण सत्य नारायण मोरबैता यादब बहुमुखी क्याम्पसको खेल मैदानमा मंगलवार भएको खेलमा वडा नं. ३ मखनाहा र वडा नं. २० लगडीगढियानी बिच खेल भएको थियो।
उक्त खेलमा दुवै वडाले समय अवधिसम्म कुनै गोल गर्न नसकेपछि पेनाल्टीको मदतले ५–४ गोलले मखनाहा विजय भई क्वटर फाइनलमा प्रवेश पाएको छ । खेलको म्यान द म्याच वडा नं. ३ मखनाहाको जर्सी नं. १० नरेश महरा भएको थियो ।
दास्रो सिफटको खेल वडा नं. २२ हकपारा र वडा नं. २१ लगडीगोठ बिच भएको थियो । खेलमा ३–० गोल अन्तरले हराउँदै हकपारा क्वटर फाइनलमा प्रवेश गर्न सफल भएको थियो । उक्त खेलको म्यान द म्याच जर्सी नं. ६ को खेलाडी सुशिल मंडल भएको थियो ।
आज बुधवारको खेल वडा नं. ८ महिसोथा वडा नं. १८ लक्षमिनिया बिच हुने छ । दोस्रो सिफटमा वडा न.४ रमौल र वडा नं. ११ भलुवाही बिच हुनेछ ।