Siraha Khabar
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Siraha khabar, siraha post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

सिरहामा मिटरब्याज पीडितमाथि खुकुरी प्रहारको प्रयास गरेको आरोपित पक्राउ

खुकुरी देखाउने व्यक्ति पक्राउ

सिरहामा मिटरब्याज पीडितमाथि खुकुरी प्रहारको प्रयास गरेको आरोपित पक्राउ

सिरहा । सिरहामा मिटरब्याजी पीडितलाई खुकुरी प्रहार प्रयास गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

सोमबार दिउँसो कल्याणपुर नगरपालिका वडा नम्बर ८ अरङका मिटरब्याज पीडित सञ्जयकुमार कामतीमाथि खुकुरी प्रहारको प्रयास भएको हो।

पक्राउ पर्नेमा सोही ठाउँका रामनारायण सिंह रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

सोमबार सिंहले कामतीमाथि खुकुरी देखाएको भिडिओ सामाजिक सञ्जालमा भाइरल समेत भएको छ। यसरी भिडिओ भाइरल बनेपछि प्रहरीले मंगलबार साहलाई नियन्त्रणमा लिएको हो ।

डिएसपी बस्नेतका अनुसार मिटरब्याजसम्बन्धी उजुरीमाथि जिल्ला प्रशासन कार्यालय सिरहामा दुई पक्षबीच छलफल चलिरहेको छ।

कामतीले आफ्नो घर मिटरब्याजीले बेचिदिएको भन्दै प्रशासन कार्यालयमा निवेदन दिएका थिए । त्यसबारे प्रशासनमा छलफल समेत भइरहेको थियो ।
सोमबार कामती उक्त घरमा प्रवेश गर्न खोजेको डिएसपी बस्नेतले बताए । सिंह परिवारले भने उक्त घर किनेको बुझिएको बस्नेतले बताए ।

‘कामतीले अर्कै साहुसँग ऋण लिएको भन्ने छ। ऋण लिँदा घर पास गरेर दिए, ऋण लामो समयसम्म फिर्ता नभएपछि साहुले घर बेचिदिएका रहेछन्,’ डिएसपी बस्नेतले भने, ‘त्यसैबीच सञ्जयकुमार घरमा जाँदा त्यो घटना भएको बुझिएको छ। हामीले छलफल गर्न कामतीलाई पनि बोलाएका छौं।’
बाँस काटिरहेको बेलामा उनीहरू पुगेको हुँदा खुकुरी देखाएको भिडिओमा देखिएको बयान दिएको पनि उनले बताए।

यसमा कति ऋण लिएको र कतिमा बेचेको भन्ने विवरण प्रहरीसँग नभएको उनले बताए ।

सिरहा खबरसँग कुरा गर्दै मिटरब्याज आरोपीले कब्जा गरेर राखेको घर–घडेरी र जग्गामा जान खोज्दा आफूमाथि खुकुरी प्रहार गर्न खोजेको कामतीले बताए ।

उनका अनुसार पैसा तिर्न नसक्दा मिटरब्याज आरोपी मझौरा टोलका सुरेश पजियारले एक बिघा एक कट्ठा खेत र डेढ कट्ठा घडेरी जिल्ला अदालतबाट डाक गराएर आफ्नो नाममा ल्याएका थिए ।

तीमध्ये १० कट्ठा खेत र घरघडेरी पजियारले बेचिसकेका छन् ।

घर समेत नरहेपछि कामती परिवार विस्थापित भएर जनकपुरमा डेरा लिएर बस्न थाले । कामतीले जग्गा बेचेर भएपनि पैसा तिर्ने बताउँदा समेत अदालतमा मुद्दा हालेर २०७८ सालमा घरजग्गा डाक लिलाम गरेर आफ्नो नाममा ल्याएको कामतीको भनाई छ ।

‘कोरोना भाइरसको महामारीमा मेरो व्यवसाय धरासायी भयो । मैले पैसा तिर्छु भन्दा पनि उसले मेरो खेतमा लगाइएको पाँच लाखको रुखबिरुवा बेचिदिए र अदालतमा मुद्दा पनि हाले,’ उनले भने, ‘मेरो छिमेकी रामनारायण सिंहले लाठीको बलमा घर खाली गराएर भगाउँछु भनेर सुरेशबाट जग्गा किने र एक वर्षदेखि ताला लगाइदिए ।’

Tags: मिटरब्याजी

तपाईको प्रतिक्रिया

सिरहा खबर

रुन्केश कामती

Related Posts

बजेट खर्च गर्न स्थानीय तहले जोड दिनुपर्छ : पूर्वमन्त्री लीलानाथ श्रेष्ठ

बजेट खर्च गर्न स्थानीय तहले जोड दिनुपर्छ : पूर्वमन्त्री लीलानाथ श्रेष्ठ

निजि विद्यालयको पाठ्यपुस्तक एकरुपताको निर्णयमा उच्च अदालतको रोक

निजि विद्यालयको पाठ्यपुस्तक एकरुपताको निर्णयमा उच्च अदालतको रोक

प्रधानमन्त्री ओली आज सिरहा आउँदै

प्रधानमन्त्री ओली आज सिरहा आउँदै

सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु

सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु

होलीका दिन मधेशमा ३१७ सवारीसाधन कारबाहीमा

होलीका दिन मधेशमा ३१७ सवारीसाधन कारबाहीमा

मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’

मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’

ताजा समाचार

© 2023 Siraha Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2023 Siraha Khabar