दक्षिणी भारतीय चलचित्र ‘म्याडम गितारानी’ले सामुदायिक विद्यालयमा सुधारमा गरिएको प्रयत्न र ती सुधार रोक्न समाजका विभिन्न तप्काले गर्ने प्रहारमा केन्द्रित छ । सन् २०१९ मा रिलिज भएको चलचित्रमा सेनामा कार्यरत अभिनेत्री ज्योतिकाको मुख्य भूमिका रहेका छ । १३६ मिनट लामो यस चलचित्र सामुदायिक विद्यालयलाई अब्बल बनाउन कसरी उनले आफ्नो कौशल प्रस्तुत गरेका छन् भन्ने कथावस्तु देखाएको छ ।
समाज, नीजि विद्यालय संचालक, राजनीतिक दल र जिम्मेवार प्रशासकको भूमिकालाई फिल्म देखाउँदै गर्दा निष्ठावान शिक्षकको अटोठले गर्दा सामुदायिक विद्यालय पुनः तंग्रिएको निचोड जबरजस्त रुपमा प्रस्तुत गरिहेको छ ।
अहिले मधेश प्रदेश अहिले साक्षरता प्रतिशतमा कमजोर रहेको छ । मधेश प्रदेशको साक्षरता दर ६३.५ प्रशिसत रहेको छ । मधेश प्रदेशका आठ वटै जिल्लाका १ सय ३६ स्थानीय तह अहिलेसम्म साक्षर पालिका घोषणा हुन सकेको छैन् । यी अवस्थाका विच सवैभन्दा वढी प्रश्न उठ्ने भनेको सामुदायिक विद्यालय माथि नै हो । प्रश्न उठ्नु स्वाभाविक हो । सामुदायिक विद्यालयका शिक्षकले शिक्षक सेवा आयोग पास गरेका, विभिन्न तालिम प्रशिक्षण प्राप्त गरेका र सरकारी बजेट विद्यालयमा आईरह्ने भएकोले पनि प्रश्न गरिनुपर्छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर विग्रिएका धेरै कथाहरु लेखिसकेको छु ।
सामुदायिक विद्यालयका शिक्षकले चाहेमा गुणस्तरमा सुधार हुने निश्चित छ । यस्तै सुधारतर्फ केन्द्रित भएको छ, आधारभूत विद्यालय बसविट्टा । ५/१० जना बालबालिका मात्र भेटाउने यो विद्यालयमा अहिले दुई वढी बालबालिका आउँछन् । बालबालिका विद्यालयमा आउनुसँगै शैक्षिक गुणस्तरमा सुधार समेत भएको छ । यसो हुनमा दुई वर्ष अघि विद्यालयको नेतृत्व गर्न पुगेका शिक्षक शत्रुधन प्रसाद यादव हुन् । माध्यमिक विद्यालय भलुवाहीबाट सरुवा भएर आधारभूत विद्यालय बसविट्टा पुगेका उनी त्यसबेला निकै चिन्तित भएका थिए । बालबालिका विहिन, भौतिक संरक्षण जीर्ण, आधारभूत सुविधा नभएको अवस्थामा विद्यालयमा बस्नु नबस्नु सोच्दै उनी अन्तिममा विद्यालय सुधार्नुपर्ने प्रण गरे । विद्यालयको प्रध्यानाध्यापकमा दुई वर्ष नवित्दै उनले बालबालिकालाई विद्यालयमा पठ्न आउन वातावरण बनाउनुकासँगै विद्यालयको भौतिक पूर्वाधारहरुमा समेत सुधार गरेका छन् । प्रखर वक्ता समेत रहेका प्रअ यादवले देखाएको दृढ इच्छा शक्तिका कारणले अहिले जीर्ण रहेको सो विद्यालय विद्यार्थीले भरिभराउ हुन पुगेको छ ।
चालू शैक्षिक शत्रमा बालविकासदेखि कक्षा ५ सम्म २ सय ३३ बालबालिका अध्ययनरत रहेका छन् । विशेषगरी दलित समुदायका बालबालिका अध्ययनरत रहेको प्रअ यादवले बताएका छन् । सतप्रतिशत विद्यार्थी उपस्थिती नभएपनि शून्यको तुलनामा ९० प्रतिशत उपस्थिती हुँदै आएको उनले बताए । गत मंसिर ८ मा २ वर्ष पुगेको भन्दै उनले विद्यालयमा शैक्षिक र भौतिक पक्षमा सुधार ल्याउन स्थानीयदेखि विभिन्न संघसंस्थाले पनि सहयोग गरेको बताएका छन् । ‘मेरो पहिलो प्राथमिकता नै गुणस्तरीय शिक्षा हो,’ प्रअ यादवले भने,‘त्यसका निम्ति सक्दो प्रयासमा जुटेको छु ।’
थपिदै पूर्वाधार
२ वर्षको अवधिमा पूर्वाधारमा पनि व्यापक सुधार भईरहेको छ । राष्ट्रपति शैक्षिक सुधार अन्र्तगत विद्यालयमा चार कोठाको भवन निर्माधीन अवस्थामा रहेको छ । जुन करिबकरिब पूरा हुन लागेको छ । विद्यालयमा दाृत संस्थाको सहयोगमा खानेपानीको पनि व्यवस्था र सौचालयको पनि व्यवस्था भएको प्रअ यादवले बताएका छन् । खुला रहेको विद्यालयको पर्खाल वाल लगाएर थप व्यवस्थित र हराभरा, बालमैत्री बनाउने प्रयत्नमा रहेको उनले बताएका छन् । विद्यालयलाई परिवर्तनको बाटोमा देखेर समुदाय निकै हर्षित भएको र बालबालिका विद्यालयमा भरिभराउ हुन लागेको उनले बताए ।
आफूहरुमाथि विश्वास गर्दै बालबालिका दिदै
प्रअ यादव अनुसार बसबिट्टाका स्थानीयले विद्यालयमा शैक्षिक र भौतिक सुधारको संकेत पाएसँगै आफ्ना बालबालिका निर्धक्क भएर दिन अग्रसर भएको बताएका छन् । ‘हामीमाथि विश्वास गरेर बालबालिकालाई विद्यालय पठाउन थालेको छ,’ प्रअ यादवले भने,‘यो विश्वास कायम राख्दै गुणस्तरीय शिक्षा सुनिश्चिततालाई प्रबद्र्धन गर्न पूर्णरुपमा जुटेको छु ।’
यहाँबाट सदरमुकाम र गाउँमा रहेको धेरै नीजि विद्यालयमा बालबालिका जाने क्रममा रोक लाग्ने संकेत मिलेको भन्दै उनले यसै विद्यालयमा शैक्षिक गुणस्तर प्रदान गर्ने भएपछि अभिभावकहरुले सहयोग गर्न तत्पर रहेको उनले बताए ।
दरबन्दी अभाव
विद्यालय सुधारतर्फ अग्रसर भईरहँदा पनि शिक्षक अभाव चाहि खड्किएको छ । सवा २ सय वढी विद्यार्थी भएपनि विद्यालयमा प्रअ यादवसँगै स्थायी दरबन्दीका शिक्षक रेणु यादव र बालबालिकातर्फ रेणु कुमारी यादव गरी तीन जना शिक्षक मात्र रहेका छन् । जसले गर्दा विद्यार्थी अनुपातमा शिक्षकको अभाव रहेको छ । विद्यालयमा शैक्षिक सुधार भईरहेकोले सिरहा नगरपालिकाले शिक्षकको व्यवस्थापन गर्नुपर्ने चाहना प्रअ यादवले व्यक्त गरेका छन् । ‘शिक्षकले चाहेमा जिल्लाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा कुनै बाधा रहँदैन्,’प्रअ यादवले भने,‘अब सामुदायिक विद्यालयमा सुधार र गुणस्तरीय पठनपाठनको विकल्प पनि छैन । यसमा अभिभावकले पनि निगरानी गर्नुपर्छ ।’