सिरहा । देशको दोस्रो चन्द्र माध्यमिक विद्यालय सिरहाको विद्यालय व्यवस्थापन समिति चयन गर्न भएको अभिभावक भेलावाट डेढ सय वढीले उम्मेदवारी दिएका छन् ।
चन्द्र माध्यमिक विद्यालयले आयोजना गरेको अभिभावक भेलामा चार जना सदस्य चयन हुन १ सय ६० जनाले उम्मेदवारी दिएका छन् । दुई जना महिला र दुई जना पुरुष गरी चार जनाको समिति तत्काल छनौट गर्न बोलाईएको अभिभावक भेलावाट १ सय ६० जनाले आफ्नो नाम दर्ता गराएका छन् । सर्वसम्मत समिति चयन गर्न प्रयास भएपनि एक सय ६० जनाले आफ्नो नाम दर्ता गराएको चन्द्र माध्यमिक विद्यालय सिरहाका प्रचार्य मधुसुदन कर्णले बताएका छन् ।
आफूहरुले सहमतिलाई अगाडी बढाउने गरी प्रयास गरेपनि धेरै अभिभावकको चाहना आएकोले त्यसलाई थप छलफल गर्न सवैको नामावली दर्ता गरिएको प्रचार्य कर्णले बताएका छन् । देशको पूरानोमध्येको दोस्रो विद्यालय रहेकोले पनि धेरै जनाको चासो रहेको प्राचार्य कर्णको भनाई छ । अभिभावक भेलामा सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादवले सहज रुपमा समिति चयन गर्नुपर्ने बताएका छन् । देशको गरिमा बोकेका विद्यालय भएकोले पनि विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धिमा जोड दिन सक्ने गरी समिति चयन गर्न सवैले ध्यान दिनुपर्ने उनले बताएका छन् ।
सो भेलामा विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
अभिभावक भेलामा विवाद
अभिभावकहरुले उपस्थिति जनाएको रजिस्टर प्रचार्य कर्णसंग माग गर्दा रजिस्टर वडाध्यक्षले लागेको बताएपछि हो हलला भए पछी विवाद भएको थियो ।
विद्यालयको रजिस्टर किन लागेको र गोप्य रूपमा विभिन्न कुराहरु लेखेको आशंका गरेको थियो ।