कोकिला भण्डारी
धनकुटा । जनसम्पर्क तथा सुचना निर्देशनालय जंगी अड्डाको आयोजनामा पूर्वी पृतना हे.क्वा. ईटहरी व्यारेकमा संचालित चारदिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली सेनाको संगठनात्मक स्वरूप जिम्मेवारी, भुमिका एवम् मुख्य गतिविधिबारे जानकारी गराउनुका साथै नेपाली सेनाको समाचार सम्प्रेषणमा सञ्चारकर्मीहरूलाई शहज पुर्याउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रम बुधबार सम्पन्न भएको हो ।
उक्त कार्यक्रम पूर्वी पृतना हे.क्वा. का पृतनापति उपरथी आश बहादुर तामाङ (पिएच.डि.) बाट एक कार्यक्रम बिच तालिममा सहभागिहरूलाई क्याप लगाईदिदै प्रमाणपत्र वितरणका साथ समापन गर्नु भएको हो ।
आईतबारबाट शुरू भएको तालिममा सेनानी रामबहादुर बोहोराले नेपाली सेनाको संक्षिप्त परिचय, पूर्वी पृतना हे.क्वा.का पृतनापति उपरथी आश बहादुर तामाङले पूर्वी पृतनाको जिम्मेवारी क्षेत्र, जिम्मेवारी चुनौति तथा तनाव व्यावस्थापन, जनसम्पर्क तथा सूचना निर्देशनालयका प्रमुख सेनानी सागर कार्कीले रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम DCOP) को महत्व, जनसम्पर्क तथा सूचना निर्देशनालयको भूमिका लगायतका विषयमा जानकारी गराउदै शहजीकरण गर्नु भएको थियो ।
नेपाली सेनाले सन् १९९२ देखि युएन मिसनमा महिलालाई सहभागि गराउदै आईरहेको, शान्ति स्थापना र विपद् व्यावस्थापन, प्रकृति संरक्षणमा नेपाली सेना, राष्ट्रिय सेवादलको विस्तार, क्षेत्र, तालिमको महत्व र आवश्यकता, नेपाली सेनामा Digitization प्रणालीको प्रयोग र प्रभावकारीता एवं चुनौती लगायतका विषयमा सम्बन्धित कार्यालयका प्रतिनिधिबाट शहजिकरणका साथै अन्तरक्रिया गरिएको थियो ।
मंगलबार पूर्वी पृतना हे.क्वा.को कार्यक्षेत्र भित्र संरक्षण गरिएका वन्यजन्तु, बृक्षारोपण गरिएका ३२७८ बोटविरूवा, कमलको फुल लगायतको पृतनापति उपरथी आशबहादुर तामाङले दृश्यावलोकन गराउनु भएको थियो ।
सोहि दिन कोशी टप्पु स्थित दुर्गादल गुल्मको क्षेत्राधिकारमा रहेको कोशी टप्पु वन्यजन्तु आरक्ष भ्रमण गरी बराह नगरपालिका – ७ सिसौली घाटमा वोटिङ, हातिसारमा रहेको हाति प्रजन्न केन्द्र अवलोकन, अर्ना चरहिरहेको समयमा अर्नाको दृश्यावलोकन, मैत्रिपूर्ण वास्केटवल खेल प्रतियोगिता सञ्चालन, बुधबार ब्याटमेन्टन खेलमा रमाउदै मानव अधिकार निर्देशनालयको भुमिका तथा महत्व, नेपाली सेना सम्बन्धी कानुन कार्यान्वयन प्राड विवाकको भुमिका, सैनिक प्रहरी गणको जिम्मेवारी भुमिका, नेपाली सेनाद्वारा सञ्चालित विकास निर्माणका गतिविधि, राष्ट्र विकासमा नेपाली सेना, विगतमा सम्पादित विकास कार्यहरू एवं हाल निर्माणाधिन करिडोर निर्माण कार्यका झलकहरू, नेपाली सेना, काठमाण्डौ–तराई मधेश सडक २०७४ बाट शुरू गरिएको (फाष्ट ट्रयाक) आयोजनाको विशेषता मुख्य कार्यहरू तथा कार्य प्रगति स्थितिबारे संक्षिप्त जानकारी, सफा हिमाल अभियानमा नेपाली सेना लगायतका विषयमा जानकारी गराईएको प्रमुख सेनानी सागर कार्कीले जानकारी दिनुभयो ।
सेनाको पूर्वी पृतना हे.क्वा. को जिम्मेवारी क्षेत्र अन्तर्गत कोशी प्रदेशका विभिन्न जिल्लामा कार्यरत विभिन्न २० जना सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।