सिरहा । मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवले सिरहा पुस्तकालयको प्रवर्द्धनमा आफूले पहल गर्ने बताएका छन् ।
सिरहा पुस्तकालयले आयोजना गरेको ‘सम्मान तथा प्रमाण पत्र वितरण समारोह–२०८०’ को उद्घाटन गर्दै मन्त्री यादवले पुस्तकालयको क्षेत्रमा प्रदेश सरकारले आवश्यक नीति अख्तियार गरी अगाडी बढ्न लागेको बताएका छन् । मधेश प्रदेशमा सिरहा पुस्तकालय ऐतिहासिक र व्यवस्थित रहेको भन्दै मन्त्री यादवले प्रदेश सरकारले आवश्यक नीति लिई सिरहा पुस्तकालयको प्रवर्द्धनमा जोड दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
चाडै प्रदेशमा रहेको पुस्तकालयहरुलाई जोड्न कार्यक्रम गर्ने उद्घोष गर्दै मन्त्री यादवले शिक्षा र ज्ञान आर्जनको रुपमा मधेश पुस्तकालयहरुमा महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।
समारोहमा वरिष्ठ पत्रकार एवं स्तम्भकार चन्द्रकिशोरले ‘लोकतन्त्रमा पुस्तकालय’ विषयमा आफ्ना विचार व्यक्त गरेका थिए । स्तम्भकार चन्द्रकिशोरले मधेशमा पुस्तकालयमा महत्व उच्च भएको र ऐतिहासिक महत्व रहेको भन्दै विभिन्न सन्दर्भलाई जोडेर लोकतन्त्रको पक्षमा आफ्नो भनाई राखेका थिए ।
समारोहमा भूईतहका कुरालाई उठान गर्ने वरिष्ठ पत्रकार चन्द्रकिशोर र लेखक रामरीझनलाई सिरहा पुस्तकालयले सम्मान गरेको छ । प्रमुख अतिथि समेत रहेका मन्त्री यादवले भूईतहका कुरालाई उठान गर्दै आएका स्तम्भकार चन्द्रकिशोर र मधेश आन्दोलनसँगै विभिन्न क्षेत्रमा पुस्तकल लेखन गरेका लेखक रामरीझन यादवलाई सम्मान गरेको छ ।
सिरहा पुस्तकालयका अध्यक्ष सुरेन्द्र कुमार कामतिको अध्यक्षतामा सम्पन्न भएको समारोहमा मधेश प्रदेशका सांसदद्वय प्रमोद कुमार यादव, जिवछी कुमारी यादव, संविधान सभाका पूर्व सदस्य आशा कुमारी यादव, वरिष्ठ पत्रकार गंगा प्रसाद साह, विष्णुपुर गाउँपालिकाका अध्यक्ष सत्य नारायण यादव, सिरहा पुस्तकालयका पदाधिकारीहरु, प्रध्यापक, शिक्षक, संचारकर्मी, विद्यार्थीहरु लगायतको पनि सहभागिता रहेको थियो ।
सो अवसरमा सिरहा पुस्तकालयले नयाँ आजिवन सदस्यहरुलाई प्रमाणपत्र पनि वितरण गरेको छ । प्रमुख अतिथि मन्त्री यादवले नयाँ आजिवन सदस्यता पाएकाहरुलाई प्रमाणपत्र प्रदान गरेको हो । सिरहा पुस्तकालयको अध्यक्ष कामतीले मन्त्री यादवलाई लोकनायक राजा सलहेशको अंकित प्रतिमा मायाको चिनोको रुपमा प्रदान गरेका थिए ।
समारोहमा स्तम्भकार चन्द्रकिशोरले ‘लोकतन्त्रमा पुस्तकालय’ को महत्व सम्बन्धमा आफ्नो विचार प्रकट गरेका थिए ।