Siraha Khabar
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Siraha khabar, siraha post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

उपेन्द्र यादवले लहानमा प्रशिक्षण दिइरहँदा सप्तरीमा बोलाइयो छुट्टै भेला


उपेन्द्र यादवले लहानमा प्रशिक्षण दिइरहँदा सप्तरीमा बोलाइयो छुट्टै भेला

सिरहा । जनता समाजवादी पार्टी नेपाल मधेस प्रदेश कमिटीको प्रशिक्षण चलिरहेकै बेला सप्तरी जिल्ला कमिटीमा विवाद उत्पन्न भएको छ । सप्तरीमा जसपाका असन्तुष्ट नेताहरूले छुट्टै भेला बोलाएका हुन् ।

जसपाका कार्यकारिणी समितिका सदस्य रेणु यादव र शैलेन्द्र साहको अगुवाइमा छुट्टै जिल्ला भेला हुन लागेको स्रोतले जनाएको छ । सिरहाको लहानमा जारी प्रशिक्षण कार्यक्रममा रेणु यादव, शैलेन्द्र यादवलगायतका नेताहरू अनुपस्थित छन् ।

जिल्ला समन्वय समिति सप्तरीको सभा हलमा १ बजे भेला डाकिएको जसपा सप्तरी जिल्लाका उपाध्यक्ष उमेश यादवले बताए । उनले भने, ‘पार्टीमा अध्यक्ष मात्र हुँदैन, उपाध्यक्ष, सचिवलगायत अन्य पदाधिकारीहरू पनि हुन्छन्, उसले पनि बैठक  बोलाउन सक्छ ।’

पार्टीको शुद्धीकरण तथा सुदृढीकरणका लागि छुट्टै भेला बोलाएको बताउँदै उनले यसमा जिल्ला समितिका बहुमत सदस्यको निर्णय रहेको बताए । ‘पार्टीभित्र केही असन्तुष्टिहरू छन्, त्यसको बारेमा छलफल गर्नका लागि यो भेला बोलाएको हो, भेलामा जिल्लाका पार्टी नेताहरूले आ–आफ्नो धारणा राख्छन्, त्यहाँबाट आउने निष्कर्षका आधारमा थप निर्णय हुन्छ’ उनले भने, ‘यो पहिलो भेला हो, साथीहरूको कुरा सुन्छौँ अनि अगाडि कसरी बढ्ने त्यसको बारेमा पुनः बसेर छलफल गर्छौ ।’

भेलामा पार्टीका शीर्ष नेताहरू रेणु यादव, शैलेन्द्र साहलगायतका थुप्रै नेताहरू आउन लागेको बताउँदै उनले यो पार्टी विभाजनका लागि बोलाएको भेला नभएको स्पष्ट पारे । पार्टीलाई थप बलियो र अनुशासित बनाउनका लागि भेला बोलाइएको यादवले बताए ।

उता, जसपा सप्तरी जिल्लाका अध्यक्ष केदार यादवले भने पार्टीको कुनै पनि भेला नडाकिएको बताएका छन् । उनले बुधवार एक विज्ञप्ति जारी गरी पार्टीले कुनै भेला नडाकेको बताउँदै छुट्टै भेलामा कोही पनि सहभागी नहुन र कसैलाई सहभागी नगराउन भनेका छन् ।

विज्ञप्तिमा भनिएको छ– ‘विभिन्न सामाजिक सञ्जालमा कात्तिक २२ गते राजविराजको जिल्ला समन्वय समितिको हलमा पार्टीको जिल्लास्तरीय कार्यकर्ता भेलाको सूचना प्रकाशित भएको हुँदा सो दिन पार्टीको कुनै किसिमको जिल्लास्तरीय कार्यकर्ता भेला नरहेको जानकारी गराउँछु ।’

अध्यक्ष यादव भने लहानमा जारी प्रशिक्षणमा सहभागी भएका छन् । उनलाई यो भेलाको बारेमा थप जानकारी लिन पटक–पटक सम्पर्क गर्ने प्रयास गर्दा सम्पर्क भएन ।

२०७९ को स्थानीय चुनावदेखि नै सप्तरीमा सो पार्टीभित्र विवाद रहेको छ । सो चुनावमा टिकट वितरणदेखि एक अर्कालाई हराउनेसम्मको चलखेल भएको थियो ।

प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा पनि त्यस्तै चलखेल भएको थियो । त्यहिबेला जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि चुनाव हारेका थिए । उनको हारलाई पनि पार्टीभित्रको आन्तरिक विवादको परिणाम भएको बताइन्छ ।

सप्तरीमा एउटा गुटले अर्को गुटलाई हराउने काम गरेको गुनासो छ । त्यसबेला नेता शैलेन्द्र साहले पनि चुनाव हारेका थिए । नेतृ रेणु यादवका छोरा अभिषेक यादवले पनि पार्टी भित्रकै आन्तरिक विवादका कारण चुनाव हारेको गुनासो छ ।

चुनाव हारेपछि उपेन्द्र यादवले जिल्लाका थुप्रै नेताहरूलाई कारबाही गरेका थिए । तर चुनाव हराउन पार्टीभित्र अन्तर्घात गर्ने अर्को पक्षलाई भने कुनै कारबाही नभएको कारबाहीमा पर्नेहरूको गुनासो छ ।

यसरी पार्टीभित्र आन्तरिक विवाद बढ्दै गएपछि यो भेला बोलाइएको हो । तर जसपाका प्रवक्ता मनिष सुमनले आफूलाई बोलाइएको भेला बारेमा आधिकारिक जानकारी नभएको बताएका छन् ।

उनले सो भेलाको बारेमा सामाजिक सञ्जालमार्फत जानकारी प्राप्त गरेको बताए ।

तपाईको प्रतिक्रिया

सिरहा खबर

सिरहा खबर

Related Posts

बजेट खर्च गर्न स्थानीय तहले जोड दिनुपर्छ : पूर्वमन्त्री लीलानाथ श्रेष्ठ

बजेट खर्च गर्न स्थानीय तहले जोड दिनुपर्छ : पूर्वमन्त्री लीलानाथ श्रेष्ठ

निजि विद्यालयको पाठ्यपुस्तक एकरुपताको निर्णयमा उच्च अदालतको रोक

निजि विद्यालयको पाठ्यपुस्तक एकरुपताको निर्णयमा उच्च अदालतको रोक

प्रधानमन्त्री ओली आज सिरहा आउँदै

प्रधानमन्त्री ओली आज सिरहा आउँदै

सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु

सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु

होलीका दिन मधेशमा ३१७ सवारीसाधन कारबाहीमा

होलीका दिन मधेशमा ३१७ सवारीसाधन कारबाहीमा

मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’

मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’

ताजा समाचार

बजेट खर्च गर्न स्थानीय तहले जोड दिनुपर्छ : पूर्वमन्त्री लीलानाथ श्रेष्ठ

बजेट खर्च गर्न स्थानीय तहले जोड दिनुपर्छ : पूर्वमन्त्री लीलानाथ श्रेष्ठ

निजि विद्यालयको पाठ्यपुस्तक एकरुपताको निर्णयमा उच्च अदालतको रोक

निजि विद्यालयको पाठ्यपुस्तक एकरुपताको निर्णयमा उच्च अदालतको रोक

प्रधानमन्त्री ओली आज सिरहा आउँदै

प्रधानमन्त्री ओली आज सिरहा आउँदै

सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु

सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु

होलीका दिन मधेशमा ३१७ सवारीसाधन कारबाहीमा

होलीका दिन मधेशमा ३१७ सवारीसाधन कारबाहीमा

मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’

मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’

© 2023 Siraha Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2023 Siraha Khabar