Siraha Khabar
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Siraha khabar, siraha post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

विश्व रेकर्डका लागि जनकपुरमा अन्नको मूर्ति बनाइने

काठमाडौँ । विश्वमै पहिलोपटक जनकपुरमा अन्नबाट ११ हजार स्क्वायर फिटको प्रतिमा (मूर्ति) बन्ने भएको छ । विवाह पञ्चमीको अवसरमा जनकपुरमा अन्नको मूर्ति बनाइने भएको हो ।

जनकपुरमा हुने विवाह पञ्चमीलाई विश्वमा चिनाउन र विश्व रेकर्डका लागि सो मूर्ति निर्माण गर्न लागिएको जनकपुर बृहत्तर क्षेत्र विकास कोषका अध्यक्ष शीतल साहले बताए । यसअघि भारतको अयोध्यामा बनेको १० हजार ८०० स्क्वायर फिटको मूर्तिले गिनिज बुकमा नाम दर्ज गराई सकेको छ । जनकपुरमा त्योभन्दा ठुलो मूर्ति बनाउन लागिएको साहले बताए ।

सो मूर्ति निर्माण भएपछि वर्ल्ड रेकर्डका लागि दाबी गर्ने उनले बताए । अन्नबाट राम–सीता स्वयंवर (विवाह) को मूर्ति बनाइने निर्णय भएको साहले जानकारी दिए ।

‘मूर्ति बनाउन अन्नको मात्र प्रयोग हुन्छ । मूर्तिका लागि कुनै रङ्ग प्रयोग हुने छैन । जहाँ जुन रङ्गको आवश्यकता पर्छ, सोही रङ्गको अन्न प्रयोग गरिन्छ’ साहले भने । सो मूर्ति बनाउन ७० क्विन्टल अन्न लाग्ने अनुमान गरिएको छ भने मूर्ति बनाउन प्रयोग गरिएको अन्न फेरि प्रयोगमा ल्याइने बताइएको छ ।

पुस १ गतेदेखि सुरु हुने विवाह महोत्सवका लागि मङ्सिर २० गतेदेखि मूर्ति बनाउन सुरु हुने अध्यक्ष साहले बताए । मूर्ति बनाउनका लागि भारतको मध्य प्रदेशबाट कालिगड आउने छन् । जनकपुरको १२ बिघा जमिनमा निर्माण हुने मूर्ति निर्माणका लागि ५० लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।

मूर्ति निर्माणका लागि जनकपुर बृहत्तर क्षेत्र विकास कोष र जनकपुरधाम उपमहानगरपालिकाले अगुवाइ गरिरहेको छ भने त्यसका लागि उद्योग वाणिज्य सङ्घ, स्थानीय सरकार र प्रदेश सरकार लगायतको सहयोग रहने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सिरहा खबर

सिरहा खबर

Related Posts

निजि विद्यालयको पाठ्यपुस्तक एकरुपताको निर्णयमा उच्च अदालतको रोक

निजि विद्यालयको पाठ्यपुस्तक एकरुपताको निर्णयमा उच्च अदालतको रोक

प्रधानमन्त्री ओली आज सिरहा आउँदै

प्रधानमन्त्री ओली आज सिरहा आउँदै

सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु

सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु

होलीका दिन मधेशमा ३१७ सवारीसाधन कारबाहीमा

होलीका दिन मधेशमा ३१७ सवारीसाधन कारबाहीमा

मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’

मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’

सिरहामा होली सुरक्षा कडा, ५५९ प्रहरी परिचालन

सिरहामा होली सुरक्षा कडा, ५५९ प्रहरी परिचालन

ताजा समाचार

© 2023 Siraha Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2023 Siraha Khabar