सिरहा । सिरहा नगरपालिका २२ हकपारामा रहेको एकता बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दशौं साधारण सभाले नयाँ कार्य समिति चयन गरेको छ ।
संचालक समितिको अध्यक्षमा लगातार पाचौं कार्यकालको लागि शत्रुधन साहलाई निर्वाचित गरेको छ । अध्यक्षमा साहसँगै उपाध्यक्षमा उमा साह, सचिबमा रामचरित्र यादव, कोषाध्यक्ष ज्ञानेन्द्र कुमार यादब, सदस्यमा रामबिलास यादव, श्रीमति उर्मिला देवी यादव र रन्जित कुमार यादव सर्वसम्मत रुपमा चयन भएका छन् ।
दशौ बार्षिक साधारणसभाको सिरहा नगरपालिकाका मेयर डा नवीन कुमार यादवले उद्घाटन गरेका थिए ।