सिरहा । प्रत्येक जिल्लामा पुर्वाधार विकास निर्माणको कार्य गुणस्तरीय होस भनि मधेश प्रदेशका भौतिक पुर्वाधार मन्त्री कृष्ण प्रसाद यादवले निर्देशन दिएका छन् । सदरमुकाम सिरहामा एक कार्यक्रमको बिच पुर्वाधार विकास कार्यालय सिरहाको उदघाट्न गर्दै मन्त्री यादवले पुर्वाधार विकास निर्माण कार्यमा कुनै सम्झौता नगरिने बताएका छन् ।
जिल्ला समन्वय समिति, सिरहाको परिसर भित्रै पुर्वाधार विकास कार्यालयको उदघाट्न गर्दै मन्त्री यादवले सडक, पुर्वाधार विकास, शहरी विकास तथा भवन निर्माण लगायतका सबै कार्यहरु हुदा विकास निर्माणको कार्यमा तिव्रता आउने विश्वास लिएका छन् ।
मधेश प्रदेश सरकार (मन्त्रिपरिषद्) को गत भदौ ३० गतेको निर्णय बमोजिम भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतका शहरी विकास तथा भवन कार्यालयहरु पर्सा, धनुषा र सप्तर तथा सडक डिभिजनहरु लहान, सिरहा र चन्द्रनिगाहपुर, रौतहट खारेज गरी मधेश प्रदेशको ८ वटै जिल्लाहरुमा पूर्वाधार विकास कार्यालय स्थापना हुने मन्त्रिस्तरको निर्णय अनुसार सिरहामा पूर्वाधार किवास कार्यालयको उद्धघाटन भएको हो ।
मधेश प्रदेश पुर्वाधार विकास मन्त्रालयका सचिव अशोक साहले मन्त्रालयले अब प्रत्येक जिल्लामा पुर्वाधार विकास कार्यालयको स्थापना गरिनेछ बताएका छन् । भौतिक पुर्वाधारका सडक, भवन, पुल, जनता अवास निर्माण कार्यहरुका लागी कार्यालयको स्थापना गरिएको बताए । छिट्टै प्राविधिक, ईन्जिनियर सहितका कर्मचारीको व्यवस्था गरिने साहले बताए ।
पुर्वाधार कार्यालयको उदघाट्न कार्यक्रममा मधेश प्रदेशका पूर्वराज्यमन्त्री संजय कुमार यादव, प्रदेश सांसद जिवछी कुमारी यादव लगायतले मन्तव्य राखेका थिए । भने स्वागत मन्तव्य पुर्वाधार विकास कार्यालय सिरहाका प्रमुख रामदेव खर्गाले गरेका थिए ।
मधेस प्रदेशका भैतिक पुर्वाधार विकास मन्त्रालयका सचिव अशोक कुमार साहको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि मधेस प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री कृष्ण प्रसाद यादव, मधेश प्रदेशका पूर्वराज्यमन्त्री संजय कुमार यादव, प्रदेश सांसद जिवछी कुमारी यादव, जिल्ला समन्वय समिति सिरहाका उप सभापति दिलिप लामा, पूर्वाधार विकास कार्यालयका प्रमुख रामदेव खर्गा, पुर्वाधार विकास कार्यालय सिरहाका सूचना अधिकारी बिनोद नायक र कर्मचारीहरु लगायत विभिन्न राजनितिक दलका प्रतिनिधी, संचारकर्मीको सहभागिता रहेको थियो ।