सिरहा । छैठौं बेलबारी गोल्डकप फुटबल प्रतियोगितामा सलहेश युवा कल्व सिरहाले विजयी सुरुवात गरेको छ ।
सलहेश युवा कल्व सिरहाले ४ गोल अन्तरले भारतको युके एफसी दार्जिलिङलाई पराजित गरेको छ । खेलको २४औं मिनेटमा फैजलको गोलले अग्रता लिएको सलहेश युवा कल्व ३६औं मिनेटमा हरि कार्कीको गोलले अग्रता दोब्बर बनाएको थियो । दार्जिलिङलाई दबाबमा राखेको सलहेश युवा कल्वका विदेशी खेलाडी फोफोनो इब्राहिमले तेस्रो गोल थपेका थिए । व्यवसायिक फुटबलमा स्थापित हुँदै गएको सलहेश युवा कल्वको तर्फबाट विदेशी खेलाडी फोफोना इब्राहिमले खेलको ३९औं र ६०औं मिनेटमा गरी दुई गोल गरेका थिए । यससँगै सलहेश युवा कल्व ४–० ले खेल जितेको छ । जितसँगै सलहेश युवा कल्व सेमिफाईनल प्रवेश गरेको कल्वका अध्यक्ष राजिप यादवले बताएका छन् ।