Siraha Khabar
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Siraha khabar, siraha post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

मन्त्रालय फुटाएपछि मधेश प्रदेश गठबन्धनमा असन्तुष्टि, मुख्यमन्त्रीसँग जवाफ माग्ने निर्णय


मन्त्रालय फुटाएपछि मधेश प्रदेश गठबन्धनमा असन्तुष्टि, मुख्यमन्त्रीसँग जवाफ माग्ने निर्णय

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले चोर बाटोबाट मन्त्रालय फुटाएको भन्दै गठबन्धन भित्र असन्तुष्टि चुलिएको छ । मन्त्रालय फुटाएको विषयमा जसपाबाहेक गठबन्धनका पाँच दलका नेताहरु छुट्टै निरन्तर छलफलमा छन् ।

सोमबार र मंगलबार बिहान मधेश भवनमा गठबन्धनका पाँच दलका नेताहरुको बैठकले मुख्यमन्त्री यादवले सल्लाह नै नगरी मन्त्रालय फुटाएको विषयमा जवाफ माग्ने निर्णय गरेको छ ।

नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री कृष्ण यादवले गठबन्धन र क्याबिनेटमा विना छलफल समन्वय नगरी मन्त्रालय फोड्ने विषयमा मुख्यमन्त्रीसंग जवाफ माग्ने निर्णय भएको बताए । ‘गठबन्धनको बैठकमा मन्त्रालय कसरी फुट्यो भन्ने विषयमा मुख्यमन्त्रीजीसँग जवाफ माग गर्ने निर्णय भएको छ,’ कार्यवाहक मुख्यमन्त्री समेत रहेका यादवले भने ।

लोकतान्त्रिक समाजवादी पार्टी लोसपा संसदीय दलका नेता अभिराम शर्माका अनुसार बैठकमा पुरानो योजनाको भुक्तानी, सरकारको कामकारबाहीमा मुख्यमन्त्रीको समन्वयको अभाव लगायतका विषयमा समेत छलफल भएको थियो ।

केही दिनअघि जनमत संसदीय दलका नेता मन्त्री रहेको शिक्षा तथा समाज कल्याण मन्त्रालय सरकारले फोडेर खेलकुद तथा समाज कल्याण मन्त्रालय र शिक्षा तथा संस्कृति मन्त्रालय बनाइएको थियो ।

चार महिनादेखि विना विभागीय मन्त्री रहेकी जसपाकी सुरिता साहलाई खेलकुद तथा समाज कल्याण मन्त्रालय र जनमतका नेता महेश प्रसाद यादवलाई शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी तोकी कार्यविभाजन गरिएको थियो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट कार्यविभाजनसहित सरकार पुनर्गठनको पत्र प्रदेश प्रमुख कार्यालयमा पठाएर मुख्यमन्त्री आफ्नो निजी कामले भारत गएका छन् । १९ असोजमा मन्त्रिपरिषद् पुनर्गठन गरेको विज्ञप्ति प्रदेश प्रमुखको कार्यालयले जारी गरेको थियो । त्यसअनुसार साहले सोमबार मन्त्रालय सम्हालेकी छन् ।

तर आफ्नो मन्त्रालय फुटाइदिएको भन्दै शिक्षा तथा संस्कृति मन्त्रालय सम्हाल्ने पक्षमा जनमतका महेश प्रसाद यादव छैनन् । ‘मन्त्रालय विना छलफलमा फोडिएको छ ।

यसअघि १० वटाभन्दा बढी मन्त्रालय नबढाउने लिखित सहमति गठबन्धनमा भएको थियो । मुख्यमन्त्रीजीसँग यो विषयमा छलफल भएपछि मात्र मन्त्रालय स्वीकार्ने वा नस्वीकार्ने निर्णय लिन्छौं’, मन्त्री यादवले भने ।

सोमबारको बैठकमा नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्ण यादव, नेकपा माओवादी केन्द्रका प्रदेश संसदीय दलका उपनेता युवराज भट्टराई, नेकपा एकीकृत समाजवादीका प्रदेश संसदीय दलका प्रमुख सचेतक कनिस पटेल, लोसपा प्रदेश संसदीय दलका नेता अभिराम शर्मा र जनमत पार्टी प्रदेशका संसदीय दलका नेता महेश प्रसाद यादव सहभागी थिए । मंगलबार बिहान पनि बसेका बैठकमा भने कांग्रेस संसदीय दलका कृष्ण यादव बाहेकका नेताहरु सहभागी थिए ।

मन्त्रालय फुटाएर जिम्मेबारी दिएको सुरिता साहले महोत्तरी क्षेत्र नं. २ (ख)बाट स्वतन्त्र जितेकी थिइन् । उनलाई मन्त्रालय दिने भनेर जसपाले पार्टी प्रवेश गराएको थियो ।

सुरुमा सामाजिक विकास मन्त्रालय दिएको पनि थियो । तर पछि सो मन्त्रालय फुटाएर शिक्षा तथा समाज कल्याण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बनाएपछि उनी जिम्मेबारी विहीन बनेकी थिइन् । त्यसैले उनलाई जिम्मेवारी दिन शिक्षा तथा समाज कल्याण मन्त्रालय फुटाइएपछि मधेशमा राजनीतिक तरंग सिर्जना भएको छ ।

Tags: मधेश प्रदेश

तपाईको प्रतिक्रिया

सिरहा खबर

सिरहा खबर

Related Posts

निजि विद्यालयको पाठ्यपुस्तक एकरुपताको निर्णयमा उच्च अदालतको रोक

निजि विद्यालयको पाठ्यपुस्तक एकरुपताको निर्णयमा उच्च अदालतको रोक

प्रधानमन्त्री ओली आज सिरहा आउँदै

प्रधानमन्त्री ओली आज सिरहा आउँदै

सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु

सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु

होलीका दिन मधेशमा ३१७ सवारीसाधन कारबाहीमा

होलीका दिन मधेशमा ३१७ सवारीसाधन कारबाहीमा

मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’

मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’

सिरहामा होली सुरक्षा कडा, ५५९ प्रहरी परिचालन

सिरहामा होली सुरक्षा कडा, ५५९ प्रहरी परिचालन

ताजा समाचार

निजि विद्यालयको पाठ्यपुस्तक एकरुपताको निर्णयमा उच्च अदालतको रोक

निजि विद्यालयको पाठ्यपुस्तक एकरुपताको निर्णयमा उच्च अदालतको रोक

प्रधानमन्त्री ओली आज सिरहा आउँदै

प्रधानमन्त्री ओली आज सिरहा आउँदै

सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु

सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु

होलीका दिन मधेशमा ३१७ सवारीसाधन कारबाहीमा

होलीका दिन मधेशमा ३१७ सवारीसाधन कारबाहीमा

मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’

मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’

सिरहामा होली सुरक्षा कडा, ५५९ प्रहरी परिचालन

सिरहामा होली सुरक्षा कडा, ५५९ प्रहरी परिचालन

© 2023 Siraha Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2023 Siraha Khabar