सिरहा । जिल्ला यद्योग वाणिज्य संघ सिरहाले गोलबजार घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।
संघका अध्यक्ष विकास कुमार सारडाले विज्ञप्ती जारी शुक्रवार विज्ञप्ती जारी गर्दै बाणिज्य आपूर्ति, घरेलु तथा साना उद्योग कार्यालय लहान र गोलबजार नगरपालिकाले संयुक्त रुपमा गरेको अनुगमनको क्रममा भएको मुठभेड प्रति संघको ध्यानाकर्षण भएको जनाएको हो।
अध्यक्ष सारडाद्वारा जारी विज्ञप्तीमा नगरपालिकाका उप–मेयर र कर्मचारीको पनि उपस्थित घटना भएकाले घटनाको विषयमा छानविन गर्न नगरप्रमुलाई अनुरोध गरेको छ।
‘सबै राजनीतिक पार्टीका व्यवसायी संगठन तथा नेकपा एमाले निकट व्यसायीक संगठनका साथीहरुलाई भ्रमिक खबर मिडियामा सम्पे्रसन नगर्न हार्दिक अनुरोध गर्दछौं; विज्ञप्तीमा उल्लेख गरेको छ।
विज्ञप्तीमा सबै व्यसायीक संगठन तथा व्यसायीहरुलाइ सदभावका साथ व्यपार विजनस गर्न समेत अनुरोध गर्दछौं; भनिएको छ।
गोलबजार नगरपालिकाकी उपप्रमुख मान्ती साह, बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बीरगंजका सुरेश रेग्मी, निरीक्षण अधिकृत लिलाकान्त पौडेल, घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख दिपेन्द्र कुमार यादव, इलाका प्रशासन कार्यालय लहानका प्रतिनिधिसहितको संयुक्त टोलीले बुधबार गोलबजार क्षेत्रको संयुक्त अनुगमन गरेका थिए। अनुगमनको क्रममा टोलीसँग भनाभन हुँदै विवाद चर्किएपछि घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख दिपेन्द्र महतोमाथि दुव्र्यवहार भएको बताइएको छ।
यस विषयमा विहिवार जिल्ला प्रशासन कार्यालयमा व्यसायीहरुसँगको छलफल पछि सहमति भएको थियो।