सिरहा । सिरहा नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी बलिराम यादवले सम्हालेका छन ।
सोही नगरपालिकामा प्रशासन शाखाका प्रमुखको रुपमा काम गर्दै आएका यादवले शुक्रवारदेखी नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका हुन ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले सिरहा नगरपालिकाको कार्यभार सम्हालेका छन । शुक्रवारदेखी सिरहा नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको कार्यभार सम्हालेका बलिराम यादवलाई भव्य स्वागत गरिएको छ ।
कार्यभार सम्हालन कार्यालय आएका बेला उनलाई जनप्रतिनिधि, कर्मचारी लगाएत स्थानीय राजनैतिककर्मीहरुले फुल, माला, दोसला र अबीर लगाएत भव्य स्वागत गरेका थिए ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले कार्यालय समय विहान १० बजेदेखी बेलुका ५ बजेसम्म काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन ।
नगरपालिकालाई समृद्ध र विकसित बनाउने लक्ष्यका साथ आफु निमित्त प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको बताउँदै उनले आफनो कार्यकालसम्म नगरपालिकालाई देशमै चिनाउने गरी काम गरेर नगरलाई सुखी, सम्पन्न, समृद्ध र नमुना बनाउने उदघोष गरेका हुन ।